प्रदेश १ का सभामुख भण्डारीको रिर्पोट नेगेटिभ त्रसित नहुन सचिवलयको आग्रह

  • साउन १५, २०७७
  • ५४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः प्रदेश १ का सभामुख प्रदीप भण्डारीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सभामुख भण्डारी धरान १३ जिरोपोइन्ट बस्ने एक २८ वर्षीय संक्रमित युवाको सम्पर्कमा रहेपछि उहाको स्वाव परिक्षण गरीएको थियो ।

उहा सहित उहाको सुरक्षामा खटिएका सुरक्षाकर्मीको समेत रिर्पोट नेगेटिभ आएको वीपी प्रतिष्ठानले जनाएको छ ।
सभामुख भण्डारीसहित उहाका परिवारका सदस्यको पनि स्वाव संकलन गरीएको थियो ।

सभामुख भण्डारी र उहाको श्रीमतिको स्वाव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशलामा पिसिआर जांचकालागि बुधबार नै दिइएको थियो ।

सभामुख भण्डारीको परिवारमा रहेका ति युवामा संक्रमण देखिए पछि परिवार तथा सभामुख निकट रहने, उनका सचिवालयका कर्मचारीहरुमा त्रास फैलिएको थियो ।

सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जना सबैको रिपोर्ट नेगेटिभ आए पछि त्रास कम भएको छ ।संक्रमित युवालाई प्रतिष्ठानको आइशोलेसन वार्डमा राखिएको छ ।

प्रहरीका अनुसार ती युवा कार्यरत तीनकुने स्थित औद्योगिक क्षेत्रको उद्योग शिल गरिएको छ भने उनको सम्पर्कमा आएका १४ जनाको स्वाव संककलन गरी प्रतिष्ठानमा पठाइएको थियो ।

यसैबीच सभामुख सचिवलायले त्रसित नहुन आग्रह समेत गरेको छ ।

स्थानीय सरकारले समुदायमा कोरोना फैलिन सक्ने आशंकाले गर्दा लकडाउनमा पुर्न कडाई गर्न शुरु गरेको छ । स्थानीय सरकार र प्रशासनले सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic