प्रदेश १ का सभामुख भण्डारीको रिर्पोट नेगेटिभ त्रसित नहुन सचिवलयको आग्रह

  • साउन १५, २०७७
  • ५७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः प्रदेश १ का सभामुख प्रदीप भण्डारीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सभामुख भण्डारी धरान १३ जिरोपोइन्ट बस्ने एक २८ वर्षीय संक्रमित युवाको सम्पर्कमा रहेपछि उहाको स्वाव परिक्षण गरीएको थियो ।

उहा सहित उहाको सुरक्षामा खटिएका सुरक्षाकर्मीको समेत रिर्पोट नेगेटिभ आएको वीपी प्रतिष्ठानले जनाएको छ ।
सभामुख भण्डारीसहित उहाका परिवारका सदस्यको पनि स्वाव संकलन गरीएको थियो ।

सभामुख भण्डारी र उहाको श्रीमतिको स्वाव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशलामा पिसिआर जांचकालागि बुधबार नै दिइएको थियो ।

सभामुख भण्डारीको परिवारमा रहेका ति युवामा संक्रमण देखिए पछि परिवार तथा सभामुख निकट रहने, उनका सचिवालयका कर्मचारीहरुमा त्रास फैलिएको थियो ।

सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जना सबैको रिपोर्ट नेगेटिभ आए पछि त्रास कम भएको छ ।संक्रमित युवालाई प्रतिष्ठानको आइशोलेसन वार्डमा राखिएको छ ।

प्रहरीका अनुसार ती युवा कार्यरत तीनकुने स्थित औद्योगिक क्षेत्रको उद्योग शिल गरिएको छ भने उनको सम्पर्कमा आएका १४ जनाको स्वाव संककलन गरी प्रतिष्ठानमा पठाइएको थियो ।

यसैबीच सभामुख सचिवलायले त्रसित नहुन आग्रह समेत गरेको छ ।

स्थानीय सरकारले समुदायमा कोरोना फैलिन सक्ने आशंकाले गर्दा लकडाउनमा पुर्न कडाई गर्न शुरु गरेको छ । स्थानीय सरकार र प्रशासनले सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic