विराटनगरमा १४ दिनका लागि लकडाउन घोषणा

  • साउन १६, २०७७
  • ७२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउन ःसाउन पहिलो साताबाट मुलुकभर लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोनाको जोखिम हुन थालेपछि स्थानीय क्षेत्रको अवस्था हेरेर पुर्न लकडाउन शुरु हुन थालेको छ ।

समुदायमा कोरोना फैलिएको आशंका हुन थालेपछि विराटनगर महानगरपालिकाले १४ दिनका लागि शुक्रवार लकडाउन घोषणा गरेको छ ।

महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीका अनुसार कोरोना सँक्रमणको जोखिम उच्च रहेको भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेको ठहर गर्दै लकडाउन शुरु गरीएको हो ।

विराटनगरमा पछिल्लो समय समुदायस्तरमा नै संक्रमण फैलिएको आशंका गरिएको छ । ट्राभल हिष्ट्री नभएका व्यक्तिहरुलाई पनि संक्रमण पुष्टि भइरहेको छ । विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा वसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि विराटनगर महानगरले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।

जोगवनि नाकासंग जोडिएको क्षेत्र भएकोले भारतबाट कोरानो भित्रिने भएकोले विराटनगरलाई लकडाउन गर्नुपर्ने वाध्यता भएको वुझिएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic