विराटनगरमा १४ दिनका लागि लकडाउन घोषणा

  • साउन १६, २०७७
  • ७५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउन ःसाउन पहिलो साताबाट मुलुकभर लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोनाको जोखिम हुन थालेपछि स्थानीय क्षेत्रको अवस्था हेरेर पुर्न लकडाउन शुरु हुन थालेको छ ।

समुदायमा कोरोना फैलिएको आशंका हुन थालेपछि विराटनगर महानगरपालिकाले १४ दिनका लागि शुक्रवार लकडाउन घोषणा गरेको छ ।

महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीका अनुसार कोरोना सँक्रमणको जोखिम उच्च रहेको भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेको ठहर गर्दै लकडाउन शुरु गरीएको हो ।

विराटनगरमा पछिल्लो समय समुदायस्तरमा नै संक्रमण फैलिएको आशंका गरिएको छ । ट्राभल हिष्ट्री नभएका व्यक्तिहरुलाई पनि संक्रमण पुष्टि भइरहेको छ । विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा वसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि विराटनगर महानगरले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।

जोगवनि नाकासंग जोडिएको क्षेत्र भएकोले भारतबाट कोरानो भित्रिने भएकोले विराटनगरलाई लकडाउन गर्नुपर्ने वाध्यता भएको वुझिएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic