सर्वोच्चले भन्यो लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई ननिकाल्नू

  • साउन १६, २०७७
  • १,३४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,१६ साउन ः सर्वोच्च अदालतले लकडाउनमा घर भाडा तिर्न नसके पनि व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न आदेश दिएको छ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाइएको लकडाउनको समयको भाडाको विषयलाई लिएर भाडावालालाई ननिकाल्न आदेश दिएको हो ।

ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले लक डाउनका कारण पेशा व्यवसाय नचल्दा घर भाडा तिर्न नसकेकाहरुलाई घरबाट निकाल्ने, हैरानी दिने जस्ता काम नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘घरबहालमा बसेका व्यक्तिहरुलाई बन्दाबन्दीको अवधिभर तत्काल बहाल दिन नसकेको अवस्थामा पनि बहालमा बस्ने र व्यवसाय गर्नेहरुलाई घरबाट निस्कन बाध्य नपार्ने, निक्लन नभन्ने र सो आधारमा दुर्व्यवहार नगर्ने र नगराउने विषयमा स्थानीय वडा कार्यालयले अनुगमन र सुपरीवेक्षण गर्ने गरी व्यवस्था मिलाउन सर्वोच्च अदालत नियमावलीअनुसार अन्तरिम आदेश जारी गरिदिएको छ।

बहालमा बसेकाहरुमाथि गर्ने दुर्व्यवहारका बारेमा सम्बन्धित वडा कार्यालयमा उजुरी गर्न र त्यसको सुपरीवेक्षण गर्न पनि आदेशमा भनिएको छ।

विभिन्न ठाउँमा भाडामा बसेकाहरुलाई पैसा नतिरेको भन्दै निकाल्ने, पेशा व्यवसाय चल्न नदिने जस्ता कार्य भएको गुनासो आइरहेको छ।

सर्वोच्चले राहत वितरण गर्दा स्थानीय तहले घरबहाल कर तिरेको रसिद माग गरेको अवस्थामा भाडामा बस्नेले मागेमा कर तिरेको रसिद उपलब्ध गराउन पनि घरधनीलाई आदेश दिएको छ।

इजलासले लक डाउन अवधिभरको भाडा तिर्नु नपर्ने भन्दै माग गरिएको विषयमा भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
देशसञ्चारबाट

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic