धरानमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • साउन १८, २०७७
  • ९९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः धरानमा आइतवार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेकाछन् । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।
मेहताले दिएको जानकारी अनुसार धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।

हालसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic