धरानमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • साउन १८, २०७७
  • ९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ साउनः धरानमा आइतवार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेकाछन् । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।
मेहताले दिएको जानकारी अनुसार धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।

हालसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic