सर्दु र खर्दुको खानेपानी मुहानमा तोडफोड पाइप मात्र खुस्काइएको हो तोडफोड होइन– साम्पाङ

  • साउन १९, २०७७
  • २,४५७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१९ साउनः धरानको खानेपानीमा लामो समयदेखि विवाद हुदै आएको छ । कहिले तालावन्दी ,कहिले नारावाजी हुने गरेकोमा अहिले भने तोडफोड र पाइपलाइन छुटाउने काम समेत भएको छ ।

खानेपानी आयोजनामा भ्रष्ट्राचार भएको भन्दै आयोजनाको विरोध गर्दै आएका हर्क साम्पाङको नेतृत्वमा खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ समेतको टोलीले तोडफोड गरेको प्रत्यक्षदर्शीले वताएकाछन् ।

नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठ समेतको उपस्थितिमा धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बन्दै गरेको इन्टेकमा बिछ्याइएको पाइपलाइन तोडफोड गरेको थियो ।

खानेपानी आयोजनाका प्रमुख राजु पोख्रेलले धरान १३ फुस्रेमा बनेको खानेपानी फिल्टर प्लान्टमा ल्याउनका लागि बनाइएको सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट आएको पाइपमा सो समूहले आइतवार क्षति पुर्‍याएको जनाएकाछन् ।

पोख्रेलका अनुसार सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट फिल्टर प्लान्टमा ल्याउन जडान गरिएको पाइप तोडफोड गरी फुटाइएको छ भने अहिले फिल्टर प्लान्टमा पानी आउन पुरै बन्द भएको छ ।

धरान १३ को फुस्रेमा बनेको धरान खानेपानी आयोजनाको फिल्टर प्लान्टमा पानी ल्याउनका लागि बन्दै गरेको इन्टेक र पाइपमा धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठको अगुवाइमा पुगेका हर्क साम्पाङ, कृष्ण गौतम, मदन राई लगायतको २५,३० जनाको समूहले तोडफोड गर्नुका साथै पाइप समेत खुस्काई दिएको थियो ।

सो विषयमा हर्क साम्पाङले आयोजनाले खानेपानी संस्थानको पाइप जडान गरेकोले सो पाइप लाइन खुस्काइ मात्र दिएको दावी गर्दै तोडफोड नगरेको जिकिर गरेकाछन् ।

यता खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले साम्पाङको टोलीले आफू लाई आयोजना हेर्नको लागि अनुरोध गरेकोले गएको मात्र वताउदै तोडफोडमा आफू संलग्न नरहेको दावी गरेकाछन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाको वारेमा अध्ययन गरी मुचुल्का उठाएर आएको र अव कार्वाही प्रकृया अघि वढाउने जानकारी दिए ।

तोडफोडबाट करिब डेढ लाख बरावरको क्षति भएको प्रमुख खानेपानी आयोजनाका प्रमुख पोख्रेलले जानकारी दिएकाछन् ।

धरान खानेपानी संस्थानलाई,धरान खानेपानी वोर्डमा ल्याउनका लागि नगरप्रमुख तिलक राईको नेतृत्वमा टोली मन्त्रालय गएर आएपनि ठोस काम भने हुन सकेको छैन ।

संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्ने विषयमा संस्थान र बोर्डबिच शुरुदेखि नै विवाद हुँदै आएको छ ।

आयोजना र संस्थानवीचको विवादका कारण वर्षादको समयमा पनि खानेपानीको समस्या कायमै रहेको छ ।पछिल्लो समय धरानमा खानेपानीको समस्या यथावत हुन थालेपछि पछिल्ला दिनहरुमा धरानबाट अन्यन्त्र बसाई सर्न थालेकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic