नेकपा (माओवादी) पार्टीको घोषणा संगठनलाई देशभर फैलाउने

  • साउन २०, २०७७
  • १,३८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२० साउनः नेकपा एमाले दर्ता भएको करिव एक महिना पुग्न नपाउदै पूर्व माओवादी केन्द्रका सचिवालय सदस्यले पुर्न अर्को पार्टी गठनको घोषणा गरेकाछन् ।

पूर्व माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीले आफ्नो नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा गरेकाछन् ।

रफत सञ्चार क्लब भक्तपुरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेकोले नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको नव गठित पार्टीका संयोक जिसीले वताएकाछन् ।

पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी जनताको पक्षमा भन्दापनि सत्ताको वरिपरि मात्रै घुमेको आरोप समेत लगाए । उनले देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने ठोकुवा समेत गरेका थिए ।

उनले तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नवगठित पार्टीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा (माओवादी) घोषणा गर्न बाध्य भएको दावी गरेकाछन् ।

प्रवत्ता सिंहले अव देशभर संगठनलाई तिव्रता दिने समेत जानकारी दिएकाछन् । उनले वैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी स्थापित हुने ठोकुवा समेत गरेकाछन्

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic