धरानमा एक हप्ता लकडाउन अत्यावश्यक बाहेक सबै बन्द

  • साउन २१, २०७७
  • ३,९०४ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,२१ साउनः समुदायस्तरमै कोरोना फैलिएको भन्दै व्यापाक चर्चा हुन थालेपछि त्यसलाई न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले एकहप्ताा लागि विहिवारदेखि एकहप्ताका लागि लकडाउन गर्ने भएको छ ।

समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बुधवार मध्यरातीदेखि लागूहुने गरी एक हप्ताका लागि पूर्ण लकडाउन गर्ने निर्णय भएको ९ नं वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएकाछन् ।

धरान उपमहानगरपालिकाको बुधवार वसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
कट्वालले दिनुभएको जानकारी अनुसार बुधवार १२ बजेराती देखि साउन २९ गतेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ ।

अत्यावश्यक र औषधी पसल बाहेक सबै पसलहरु बन्द गर्ने निर्णय भएको वडाध्यक्ष कट्वालले छाल खवरलाई बताउनु भयो ।

त्यसैगरी खानेपानीको मुहानमा तोडफोड गर्ने समूहको नाइके हर्क साम्पाङलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने र खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ तथा कर्मचारी मदन राईलाई पनि कार्वाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ भने त्यसमध्ये ९ जना समुदायका स्थानियमा पनि संक्रमण देखिएको हो ।
लकडाउन नै अन्तिम विकल्प भएको भन्दै छिमेकी अन्य नगरपालिकाहरुले पनि लडडाउन शुरु गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic