धरानमा एक हप्ता लकडाउन अत्यावश्यक बाहेक सबै बन्द

  • साउन २१, २०७७
  • ३,९४२ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,२१ साउनः समुदायस्तरमै कोरोना फैलिएको भन्दै व्यापाक चर्चा हुन थालेपछि त्यसलाई न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले एकहप्ताा लागि विहिवारदेखि एकहप्ताका लागि लकडाउन गर्ने भएको छ ।

समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बुधवार मध्यरातीदेखि लागूहुने गरी एक हप्ताका लागि पूर्ण लकडाउन गर्ने निर्णय भएको ९ नं वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएकाछन् ।

धरान उपमहानगरपालिकाको बुधवार वसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
कट्वालले दिनुभएको जानकारी अनुसार बुधवार १२ बजेराती देखि साउन २९ गतेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ ।

अत्यावश्यक र औषधी पसल बाहेक सबै पसलहरु बन्द गर्ने निर्णय भएको वडाध्यक्ष कट्वालले छाल खवरलाई बताउनु भयो ।

त्यसैगरी खानेपानीको मुहानमा तोडफोड गर्ने समूहको नाइके हर्क साम्पाङलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने र खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ तथा कर्मचारी मदन राईलाई पनि कार्वाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ भने त्यसमध्ये ९ जना समुदायका स्थानियमा पनि संक्रमण देखिएको हो ।
लकडाउन नै अन्तिम विकल्प भएको भन्दै छिमेकी अन्य नगरपालिकाहरुले पनि लडडाउन शुरु गरेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic