उद्योग वाणिज्य महासंघको चुनाव गराउन दुवैपक्ष सहमत मोडालिटी तयार गर्न ६ सदस्यीय समिति गठन

  • साउन २२, २०७७
  • ८,४८८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२२ साउन ः लक डाउनको कारण स्थगित गरीएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो मितिमा पनि सारिएपछिको विवाद समाधान गर्नको लागि ६ सदस्यीय समिति गठन भएको छ ।

बुधवार भएको कार्यसमिति वैठकले चुनाबको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

गत चैत २८ र २९ गतेका लागि तय गरीएको निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।त्यसपछि दोस्रो चरणको मिति साउन २६ र २७ गते तय गरीएकोमा पुर्नस्थगित गरीएको थियो ।

दोस्रो चरणको निर्वाचन स्थगितको विषयमा भने वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहनु भएका चन्द्र ढकालको पक्षले भने असन्तुष्टि जनाएको थियो ।

बुधवारको वैठकले चुनाबको मोडालिटी तयार गर्नको लागि ६ जनाको समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा निर्वाचनका सम्पूर्ण कार्यहरु अघि वढने हालका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार समितिमा डीबी बस्नेत, बिनोद ढकाल, भरत आचार्य, रञ्जित आचार्य, अरुण सुमार्गी, र सुनिलगोपाल श्रेष्ठ रहेका छन् ।

सो समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको छ ।
समितिले तयार गरेको मोडालिटीलाई कार्यसमितिले पारित गरेर सरकारलाई स्वीकृतीका लागि पठाउने निर्णय भएको महासंघले जनाएको छ ।

समितिले जिल्ला नगरका प्रतिनिधिहरुसंगको छलफल र परिस्थितिलाई मध्यनजरगरी साधारण सभामा कम सहभागीता गराउने विषयमा पनि अध्ययन गर्ने भएको छ ।

कोरोना महामारीका कारण साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय माध्यमबाट गराउन महासंघलाई दवाब परेको छ ।

कोरोना महामारी समुदायमा फैलिन थालेकोले ठूलो जमघट नगरि विद्युतीय मतदान गरेरै भएपनि निर्वाचनलाई अघि वढाउनु पर्ने निष्कर्षमा दुवै पक्ष पुगेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic