उद्योग वाणिज्य महासंघको चुनाव गराउन दुवैपक्ष सहमत मोडालिटी तयार गर्न ६ सदस्यीय समिति गठन

  • साउन २२, २०७७
  • ८,४५९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२२ साउन ः लक डाउनको कारण स्थगित गरीएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो मितिमा पनि सारिएपछिको विवाद समाधान गर्नको लागि ६ सदस्यीय समिति गठन भएको छ ।

बुधवार भएको कार्यसमिति वैठकले चुनाबको मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

गत चैत २८ र २९ गतेका लागि तय गरीएको निर्वाचन कोरोना महामारीका कारण स्थगित भएको थियो ।त्यसपछि दोस्रो चरणको मिति साउन २६ र २७ गते तय गरीएकोमा पुर्नस्थगित गरीएको थियो ।

दोस्रो चरणको निर्वाचन स्थगितको विषयमा भने वरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहनु भएका चन्द्र ढकालको पक्षले भने असन्तुष्टि जनाएको थियो ।

बुधवारको वैठकले चुनाबको मोडालिटी तयार गर्नको लागि ६ जनाको समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा निर्वाचनका सम्पूर्ण कार्यहरु अघि वढने हालका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार समितिमा डीबी बस्नेत, बिनोद ढकाल, भरत आचार्य, रञ्जित आचार्य, अरुण सुमार्गी, र सुनिलगोपाल श्रेष्ठ रहेका छन् ।

सो समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको छ ।
समितिले तयार गरेको मोडालिटीलाई कार्यसमितिले पारित गरेर सरकारलाई स्वीकृतीका लागि पठाउने निर्णय भएको महासंघले जनाएको छ ।

समितिले जिल्ला नगरका प्रतिनिधिहरुसंगको छलफल र परिस्थितिलाई मध्यनजरगरी साधारण सभामा कम सहभागीता गराउने विषयमा पनि अध्ययन गर्ने भएको छ ।

कोरोना महामारीका कारण साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय माध्यमबाट गराउन महासंघलाई दवाब परेको छ ।

कोरोना महामारी समुदायमा फैलिन थालेकोले ठूलो जमघट नगरि विद्युतीय मतदान गरेरै भएपनि निर्वाचनलाई अघि वढाउनु पर्ने निष्कर्षमा दुवै पक्ष पुगेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic