लिम्बुवान प्रान्त कायम गर्न माग

  • साउन २२, २०७७
  • ६,५८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः लिम्वुवान स्वायत्त राज्यको माग गर्र्दै आन्दोलनरत संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले लिम्वुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको छ ।

मञ्चले इलाका प्रहरी कार्यालय धरान मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउदै वि‍स १८३१ साल साउन २२ गतेको दिन सम्पन्न गोर्खा–लिम्बुवान सन्धीलाई पुनस् नविकरण गरी लिम्बुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीलाई सन्धीको स्मरण गराउँदै लिम्बुवान जिल्ला अध्यक्ष अमर इजम लिम्बु, जिल्ला सचिव निर्मल राईले प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन ।

राजा महेन्द्रले लिम्बुवान विरोधी तत्वहरुको उक्साहटमा २०२५ साल कार्तिक ९ गते किपट अधिकार अन्त्य गर्ने ऐन ल्याएर सन्धी समाप्त गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

नेपाल एकिकरण गर्ने क्रममा १८३१ मा लिम्बुवानको सिमाना अरुण नदीमा युद्ध हुँदा ठूलो क्षति भएपछी गोर्खाली नेपाल अन्तर्गत अधिकार सम्पन्न लिम्बुवान स्वायत्त प्रान्त रहने शर्तमा १८३१ साउन २२ गते लालमोहरको नामबाट बहुचर्चित गोर्खाली र लिम्बुवान बिच सन्धि भएको प्रान्तिय महासचिव अशोक चेम्जोङ र जिल्ला अध्यक्ष इजमद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

लिम्वुवान संघ संगठनहरुले हरेक वर्ष साउन २२ गतेको दिनलाई ऐतिहासिक दिनको रुपमा मान्दै आएकाछन् । ऐतिहासिक दिनको सन्धिलाई गणतान्त्रिक सिंहदरबारले पनि सदर गर्नु पर्ने उनीहरुको माग रहेको छ ।

मञ्चले आफ्नो स्थापना कालदेखि नै लिम्वुवान स्वायत्त राज्यको मागलाई आफ्नो प्रमुख राजनीतिक मुद्धाको रुपमा अगाडी वढाउदै आएको छ ।लिम्ववान राज्यको मुद्धालाई लक्ष्य प्राप्ती नभएसम्म जारी राख्ने अध्यक्ष इजमको भनाई रहेको छ ।

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic