लिम्बुवान प्रान्त कायम गर्न माग

  • साउन २२, २०७७
  • ६,५६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः लिम्वुवान स्वायत्त राज्यको माग गर्र्दै आन्दोलनरत संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले लिम्वुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको छ ।

मञ्चले इलाका प्रहरी कार्यालय धरान मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउदै वि‍स १८३१ साल साउन २२ गतेको दिन सम्पन्न गोर्खा–लिम्बुवान सन्धीलाई पुनस् नविकरण गरी लिम्बुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीलाई सन्धीको स्मरण गराउँदै लिम्बुवान जिल्ला अध्यक्ष अमर इजम लिम्बु, जिल्ला सचिव निर्मल राईले प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन ।

राजा महेन्द्रले लिम्बुवान विरोधी तत्वहरुको उक्साहटमा २०२५ साल कार्तिक ९ गते किपट अधिकार अन्त्य गर्ने ऐन ल्याएर सन्धी समाप्त गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

नेपाल एकिकरण गर्ने क्रममा १८३१ मा लिम्बुवानको सिमाना अरुण नदीमा युद्ध हुँदा ठूलो क्षति भएपछी गोर्खाली नेपाल अन्तर्गत अधिकार सम्पन्न लिम्बुवान स्वायत्त प्रान्त रहने शर्तमा १८३१ साउन २२ गते लालमोहरको नामबाट बहुचर्चित गोर्खाली र लिम्बुवान बिच सन्धि भएको प्रान्तिय महासचिव अशोक चेम्जोङ र जिल्ला अध्यक्ष इजमद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

लिम्वुवान संघ संगठनहरुले हरेक वर्ष साउन २२ गतेको दिनलाई ऐतिहासिक दिनको रुपमा मान्दै आएकाछन् । ऐतिहासिक दिनको सन्धिलाई गणतान्त्रिक सिंहदरबारले पनि सदर गर्नु पर्ने उनीहरुको माग रहेको छ ।

मञ्चले आफ्नो स्थापना कालदेखि नै लिम्वुवान स्वायत्त राज्यको मागलाई आफ्नो प्रमुख राजनीतिक मुद्धाको रुपमा अगाडी वढाउदै आएको छ ।लिम्ववान राज्यको मुद्धालाई लक्ष्य प्राप्ती नभएसम्म जारी राख्ने अध्यक्ष इजमको भनाई रहेको छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic