उद्योग बाणिज्य महासंघमा ताम्राकारको उम्मेद्वारी को हुन ताम्राकार ?

  • साउन २३, २०७७
  • ११,८५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा सुनसरीबाट व्यवासायीले अशोक ताम्राकारले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

महासंघको निर्वाचनमा प्रदेश १ को धरानबाट व्यवसायी अशोक ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हो ।

चैत २८र २९ गते घोषित निर्वाचन कोरोनाका कारण स्थागित भएको थियो ।दोस्रो मिति साउन २६ र २७ गते घोषणा गरेको भएपनि पुर्न स्थगित गरीएको छ । सुनसरी उद्योग बाणिज्य संघ, धरानका पूर्व अध्यक्ष समेत रहनु भएका ताम्राकारलाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउन सुनसरी उद्योग वाणिज्य संघले निर्णय गरेको छ ।

ताम्राकार धरानमा २०३४ सालदेखि व्यापार, व्यवसायमा जमेका व्यवासायी हुनुहुन्छ । संघको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भइसक्नु भएको छ । अध्यक्ष रहदा सुनसरीका व्यवसायीहरुको हकहितमा काम गर्नुभएको थियो ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेपछि ताम्राकारलाई जिताउन सुनसरी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

केन्द्रीय समितिको वैठकले निर्वाचन गराउनका लागि त्यसको मोडालिटी तय गर्न ६ सदस्यीय समिति समेत गठन गरेको छ । समितिले १५ दिन भित्र प्रतिवेदन वुझाउने र सोही अनुसार सरकारलाई वुझाएपछि सरकारको स्विकृती लिएर निर्वाचनको मिति तय हुने भएको छ ।ताम्राकार चन्द्र ढकालको समूहबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुनु भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic