साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

  • साउन २५, २०७७
  • २,०१२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२५ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले थप निषेधाज्ञाको घोषणा गरेको छ।

जिल्लामा कोरोना संक्रमण दिनप्रतिदिन बढन थालेपछि २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गरेको हो ।

सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा बृद्धि भएको र जिल्लाका स्थानीय तहमा स्वाब परीक्षण गर्दा संक्रमण बढेको देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

निषेधाज्ञामा जिल्ला भित्र सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले कार्यालय समय अघि र पछि हिँडडुल गर्न पाउने छन्। सरकारी नम्बर प्लेटका र कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक सेवाका साधन, ढुवानी तथा निर्माण सामग्री बोकेका साधनबाहेक सबै प्रकारका साधनको आवागमन बन्द रहने छ।

औद्योगिक क्षेत्रको हकमा सबै उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य प्रोटोकल पालना गरी सञ्चालन गर्न पाउने छन्।

त्यस्ता उद्योमा प्रयोग हुने कच्चापदार्थ ल्याउन र उत्पादित सामान बजारमा लैजान बाधा गरिने छैन। यो नियम उल्लंघन गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने प्रशासनले जनाएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic