भदौ १६ बाट लामो दुरीको यातायात तथा हवाई उडान खुल्ने

  • साउन २७, २०७७
  • ९७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२७ साउनः लकडाउनका कारण लामो समयदेखि वन्द रहेको ठूला सार्वजनिक यातायात र हवाई उडान शुरु हुने भएको छ ।

मन्त्रि परिषदको सोमबार बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि सो हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड—१९) संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिेस अनुसार भदौ १ बाट अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा लगायतका गतिविधि खुल्ला गर्ने भनिएको थियो । तर कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले उक्त कार्यहरू भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

बैठकले सीमामा थप कडाई गर्ने उद्देश्यले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ । अन्यत्रबाट आउनेहरुलाई भने पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

सीमा नाकामा कडाई नगर्दा समुदायस्तरमा नै कोरोना महामारी फैलिन थालेको छ ।सीमामा कडाई गर्दै आन्तरीक रुपमा भने खुल्ला गर्दै जाने तयारीमा सरकार लागेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic