धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय

  • साउन २८, २०७७
  • १२,२६० पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,२८ साउन ः समुदायमा कोरोनाको संख्या वढन थालेपछि बुधबारबाट धरानमा थप एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ ।

नगरपालिकाको बुधवार वसेको कार्यपालिका वैठकले आगामी भदौ ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम कम नभएकोले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो ।

दोस्रो चरणको लडकडाउनको समय आज मध्यरातीबाट सकिदैछ । दोस्रो चरणको लकडाउन साउन २२ गतेदेखि शुरु भएको थियो ।

बैठकले बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कट्वालले जानकारी दिनुभयो ।

‘धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको कट्वालको भनाई रहेको छ ।

धरान नगरपालिका क्षेत्र भित्रको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी ल्याउन सहजीकरण गर्ने तर पसल खोल्न पाइनेछैन ।

बैठकले धरान–१९ स्थित हरीयाली सामुदायिक वन क्षेत्र भित्रको भवनमा धरानवासीका लागि मात्र २३ वेडको आइसुलेसन वनाउने निर्णय समेत गरेको छ

त्यसैगरी वैठकले कृषि क्षेत्रमा मौज्जुदा रहेको आलु प्याज लगायतका सामाग्रीहरुलाई दुइदिनका लागि विक्रि गर्न दिने निर्णय गरेको छ ।

कुखुरा पशुपंक्षिका लागि आहार ल्याउन लागि राति १० वजेदेखि १२ वजेसम्म खुल्ला गरीने निर्णय भएको अध्यक्ष कट्वालले जानकारी दिनुभयो ।

दुध र सागसव्जि आउन छोडेपछि हाहाकार भएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic