प्रदेश संसद श्रेष्ठलाई कारोना संक्रमण पुष्टि सम्पर्कमा रहेकालाई सजक रहन आग्रह

  • साउन २८, २०७७
  • १,४६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ साउन ः प्रदेश १ का प्रदेशसभा सदस्यमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ ।

नेकपाको धनकुटाकी प्रदेश सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । उहाले ‘कोभिड १९ महामामारीबाट अछुत रहन नसकेको पनि उल्लेख गर्नुभएको छ ।

उहाले साउन २४ गते धरानमा स्वाव परीक्षण गर्न दिनुभएको थियो सोही रिपोटमा पोजेटिभ रिपोर्ट आउको थियो ।
उहाले सामाजिक सञ्जालमा श्रीमान् नयन र आफूसंग एक हप्ता भित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभावहरु सेचत र सजग रहन समेत आग्रह गर्नुभएको छ ।

उहाले आफ्नो सम्पर्कमा आउने सवैलाई स्वाव परिक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आउनु भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic