प्रदेश संसद श्रेष्ठलाई कारोना संक्रमण पुष्टि सम्पर्कमा रहेकालाई सजक रहन आग्रह

  • साउन २८, २०७७
  • १,४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ साउन ः प्रदेश १ का प्रदेशसभा सदस्यमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ ।

नेकपाको धनकुटाकी प्रदेश सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । उहाले ‘कोभिड १९ महामामारीबाट अछुत रहन नसकेको पनि उल्लेख गर्नुभएको छ ।

उहाले साउन २४ गते धरानमा स्वाव परीक्षण गर्न दिनुभएको थियो सोही रिपोटमा पोजेटिभ रिपोर्ट आउको थियो ।
उहाले सामाजिक सञ्जालमा श्रीमान् नयन र आफूसंग एक हप्ता भित्र सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभावहरु सेचत र सजग रहन समेत आग्रह गर्नुभएको छ ।

उहाले आफ्नो सम्पर्कमा आउने सवैलाई स्वाव परिक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आउनु भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै कोरोनालाई सहज रुपमा लिएर आत्मबल दरिलो बनाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic