पत्रकार बानियाँको निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

  • साउन २८, २०७७
  • १,३१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, २८ साउन ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बुधबार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार बलराम बानियाँको दुःखद निधनले महासंघ स्तब्ध भएको जनाएको छ।
महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको छ ।

महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ।

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्। लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए।

केही दिन अघि सम्पर्क विहिन भएका वानिया बुधवार विहान मृत फेला परेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic