सभामुख भण्डारीको रिपोर्ट नेगेटिभ

  • साउन २९, २०७७
  • २,७१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि.पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहनु भएका सभामुख भण्डारीको पुनः आरटिपिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभएको छ ।

सभामुख भण्डारीको परिवारका एक जना सदस्यलाई कोरोना संक्रमण देखिए पश्चात संक्रमितलाई वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आईशोलेसनमा राखेर तत्काल नै परिवारका अन्य सदस्य, नीजि सचिवालय, सुरक्षाकर्मी लगायतको परिक्षण गर्दा सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

स्वास्थ्य परिक्षणको नतिजा नेगेटिभ आएको तथा कोरोना संक्रमण नभएको देखिएता पनि सभामुख भण्डारी १४ दिन होम क्वारेण्टाईनमा रहनु भएको थियो ।

उक्त क्वारेण्टाईनको अवधि समाप्त भए पश्चात सभामुख भण्डारी र परिवारका अन्य सदस्य लगायतको पुनः स्वास्थ्य परिक्षण गराईएको थियो । उक्त परिक्षणको नतिजा पनि नेगेटिभ आएको छ ।

परिवारका संक्रमित सदस्य वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईशोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहनु भएको तथा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस्तो अवस्थामा मानसिक एवंम् भावनात्मकरुपमा सदभाव व्यक्त गर्नु हुने सम्पूर्ण शुभेच्छुकहरुमा सभामुख भण्डारीले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिदो अवस्थामा रहेकोले दृढ आत्मबलका साथ स्वास्थ्य सुरक्षा सम्बन्धि संभव सम्पूर्ण उपायहरु अबलम्बन गर्दै आफु जोगिन आफ्नो परिवार तथा समुदायलाई संक्रमणबाट जोगाउन अनुरोध पनि गर्नुभएको छ ।

दस्यलाई कोरोना संक्रमण देखिए पछि यसअघि पनि सभामुख भण्डारी, परिवार सदस्यसँगै सुरक्षाकर्मी, निजी सचिवालयको पनि पिसिआर परीक्षण गरिएको थियो । त्यसबेला पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic