इलाका प्रशासन र धरान उपमहानगरपालिकामा नेवि संघ र तरुण दलको ज्ञापन पत्र

  • साउन ३०, २०७७
  • १,३८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा मनोपली भएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले धरान उपमहानगरका मेयर र इलाका प्रशासन कार्यालय धरानलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।

छाताचौंकमा रहेको पुरानो अस्पतालको जग्गा वीपी प्रतिष्ठानले भूमाफियालाई दिन लागेको भन्दै तत्काल रोक्न माग गर्दै ज्ञापन पत्र वुझाएको हो ।

नगर प्रमुख तिलक राईले दबाब र आन्दोलनबलमा तीन महिना अगाडी उद्घाटन भएको कोभिड १९ अस्पताल सञ्चालनमा आएको वताउदै तरुण र नेविसंघलाई धन्यवाद दिए ।

प्रतिष्ठानका उपकुलपतिले प्रतिष्ठानको व्यवस्थापन तथा सेवा सुविधामा ध्यान दिन नसकेको नगरप्रमुख राईले आरोप लगाए । नगरप्रमुख राईका अनुसार वीपी प्रतिष्ठानले सिनेटको बैठकको एजेन्डा धरान उपमहानगरपालिकालाई नपठाएको बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र बहादुर कार्कीले ज्ञापन पत्र प्रधानमन्त्रीसँग सम्बन्धित भएकोले ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय र जिल्ला कार्यालयमा तत्काल पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुई सङ्गठनले शुक्रवार पनि वीपी प्रतिष्ठानको गेट अगाडी आधा घण्टा धर्नामा बसेका थिए ।

तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले मोरङको सुन्दरहरैचामा वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि राखिएको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव तुरुन्त रोक्न माग गर्दै उपमहानगर र इलाका प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको बताए ।

दुवै सङ्गठनले धरानमा प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्नु लगायत चरणबद्ध रूपमा आन्दोलनहरू गर्दै आएका छन् ।

शुक्रवारको सिनेट वैठकले प्रतिष्ठानको नाममा भएको जग्गालाई आम्दानीको रुपमा उपयोग गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्टार डा मोहन चन्द्र रेग्मीले जानकारी दिएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic