हात्तिसार क्याम्पसको प्रमुखमा डा. लिम्बु नियुक्त आगामी वर्षबाट एमएस्सीमा पोषण खाद्य विज्ञान कक्षा संचालन गर्ने लक्ष्य

  • साउन ३१, २०७७
  • १२,८५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ साउन ः धरान १४ विजयपुर, हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. दिलकुमार लिम्बु नियुक्त हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको त्रुधवारको कार्यकारी परिषद् बैठकले उहालाई क्याम्पस प्रमुख नियुक्ति गरेको हो ।
क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ ।

धरान १९ निवासी डा।लिम्बुलाई डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुनुहुन्छ । उहा विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख भएर कार्य गर्दै आउनु भएको थियो । विगत ६ वर्षसम्म सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत उहाले सम्हाल्नु भएको थियो ।

उहा हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ समेत हुनुहुन्छ । उहाले हिमालयन रेन्जमा कार्बनको मात्रा कति छ भन्ने विषयमा विद्यावारिधि गनुभएको छ ।

पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको तिनजुरे, मिल्के र जलजले क्षेत्रमा रहेको कार्बन सन्चितिका बारेमा विद्यावारिधि गर्नभएको हो ।

उहा २३ वर्षदेखि सक्रियरुपमा प्राध्यापन तथा अनुसन्धानमा लागिरहेका रहनुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख डा.लिम्बुको २५ भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशन भइसकेका छन् भने ५ विभिन्न पुस्तक तथा च्याप्टर पनि प्रकाशन भइसकेको छ ।

नव नियुक्त क्याम्पस प्रमुख लिम्वुले आगामी शैक्षिक शत्रबाट पोषण खाद्य विज्ञानमा एमएस्सी कक्षा संचालनका लागि पाठ्यक्रम तयार गरी निर्देशिका वनाएर कक्षा संचालन गर्ने,प्रयोगशालाका लागि आवस्यक पर्ने वैज्ञानिक उपकरणहरुलई दियो रुपमा प्रयोग गर्ने खालको निर्माण गर्ने योजना रहेको प्रतिक्रिया दिनुभयो ।

उहाले प्रयोगशालामा सवै विद्यार्थीको पहुच पुग्ने गरी व्यवस्थापन गर्ने,अनलाइन हाजिरीको व्यवस्था गर्ने,प्राध्यापन विधिलाई डिजिटलाइज प्रविधिमा लैजाने, हाल संचालन भइरहेको विटेकको वार्षिक कक्षालाई सेमेष्टर प्रणालीमा लैजाने योजना रहेको वताउनु भयो ।

 

 

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic