हात्तिसार क्याम्पसको प्रमुखमा डा. लिम्बु नियुक्त आगामी वर्षबाट एमएस्सीमा पोषण खाद्य विज्ञान कक्षा संचालन गर्ने लक्ष्य

  • साउन ३१, २०७७
  • १२,८२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ साउन ः धरान १४ विजयपुर, हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. दिलकुमार लिम्बु नियुक्त हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको त्रुधवारको कार्यकारी परिषद् बैठकले उहालाई क्याम्पस प्रमुख नियुक्ति गरेको हो ।
क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ ।

धरान १९ निवासी डा।लिम्बुलाई डा. लिम्बु वनस्पति शास्त्रका सहप्राध्यापक हुनुहुन्छ । उहा विगत ६ महिनादेखि निमित्त क्याम्पस प्रमुख भएर कार्य गर्दै आउनु भएको थियो । विगत ६ वर्षसम्म सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समेत उहाले सम्हाल्नु भएको थियो ।

उहा हिमालयन रेञ्जलेण्ड कार्बन सिक्विस्ट्रेसनका विज्ञ समेत हुनुहुन्छ । उहाले हिमालयन रेन्जमा कार्बनको मात्रा कति छ भन्ने विषयमा विद्यावारिधि गनुभएको छ ।

पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको तिनजुरे, मिल्के र जलजले क्षेत्रमा रहेको कार्बन सन्चितिका बारेमा विद्यावारिधि गर्नभएको हो ।

उहा २३ वर्षदेखि सक्रियरुपमा प्राध्यापन तथा अनुसन्धानमा लागिरहेका रहनुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख डा.लिम्बुको २५ भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशन भइसकेका छन् भने ५ विभिन्न पुस्तक तथा च्याप्टर पनि प्रकाशन भइसकेको छ ।

नव नियुक्त क्याम्पस प्रमुख लिम्वुले आगामी शैक्षिक शत्रबाट पोषण खाद्य विज्ञानमा एमएस्सी कक्षा संचालनका लागि पाठ्यक्रम तयार गरी निर्देशिका वनाएर कक्षा संचालन गर्ने,प्रयोगशालाका लागि आवस्यक पर्ने वैज्ञानिक उपकरणहरुलई दियो रुपमा प्रयोग गर्ने खालको निर्माण गर्ने योजना रहेको प्रतिक्रिया दिनुभयो ।

उहाले प्रयोगशालामा सवै विद्यार्थीको पहुच पुग्ने गरी व्यवस्थापन गर्ने,अनलाइन हाजिरीको व्यवस्था गर्ने,प्राध्यापन विधिलाई डिजिटलाइज प्रविधिमा लैजाने, हाल संचालन भइरहेको विटेकको वार्षिक कक्षालाई सेमेष्टर प्रणालीमा लैजाने योजना रहेको वताउनु भयो ।

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic