बिपी प्रतिष्ठान धरानलाई विश्वविद्यालय बनाइने

  • साउन ३२, २०७७
  • ५,९५६ पटक पढिएको
  • छाल खबर
alt

धरान,३२ साउनः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विश्व विद्यालय बनाउनका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

४४औँ सिनेट बैठकले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा सो समिति गठन गरेको हो ।

सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास समेत गरेको छ । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो ।

उक्त कार्यदलमा प्रा. डा. उपेन्द्र कोइराला, प्रा. डा. मोहनचन्द्र रेग्मी, प्रा. डा. मधुर भट्टराई, प्रा. डा. बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन् । अन्य तीनजना सदस्य थप्ने गरी कार्यदल बनाइएको हो ।

बैठकले प्रष्ष्ठिानका शिक्षाध्यक्ष प्रा.डा. खनालको संयोजकत्वमा प्रतिष्ठानको नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । समितिलाई प्रतिष्ठानको आर्थिक,शैक्षिक, कर्मचारी, लगायतका नियमवाली बनाउने जिम्मेवारी दिइएको छ ।

बैठकले आर्थिक वर्ष ०७७÷७८ का लागि २ अर्ब ९८ करोड ६७ लाखको बजेट समेत पास गरेको प्रतिष्ठानका रजिष्ट्रार डा. मोहन चन्द्र रेग्मीले वताए ।

प्रतिष्ठान हाताभित्र ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमा मोरङको सुन्दरहरैँचामा छुट्टै सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेश सभा सदस्य राजकुमार ओझा र प्रा.डा. दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।

प्रतिष्ठानको जग्गा भूमाफियालाई दिन लागेको भन्दै नेपाली कांग्रेसको दुइ भातृसंगठनले चरणवद्ध आन्दोलन गर्दै आएका थिए । तर सिनेट वैठकले भने अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

अस्पतालको आम्दानीको स्रोत वढाउने कार्यका लागि उपयोग गर्ने निर्णय भएको रजिष्ट्रार रेग्मीले वताएकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic