कांग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश

  • भदौ ३, २०७७
  • ३,८७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
भाद्र, ३ खोटाङ ः पछिल्लो समय नेपाली कांग्रेस र अन्य पार्टी छाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम तिव्र वनेको छ ।

बुधवार खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी २९ जना सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

नगरपालिका क्षेत्र अन्र्तगत पर्ने मुडे,लाली, भर्यङेगे ,वातल,भुल्के,टोलका २९ जना नेकपामा प्रवेश गरेको पार्टीका नगर कमिटी अध्यक्ष विसन राईले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा करिश्मा तामाङ,निर्मला तामाङ,अप्सरा तामाङ,दावा शेर्पा,निमा शेर्पा, लाक्पा शेर्पा, दिल तामाङ, राज तामाङ, फुरी शेर्पा, अमृत तामाङ, हर्क तामाङ, मनिराज तामाङ शुजन तामाङ भक्तबहादुर तामाङ,शुक्र तामाङ रहेकाछन् ।

त्यसैगरी अन्य प्रवेशीहरुमा आश्मान तामाङ, बमबहादुर भुजेल,दोर्जी शेर्पा,लोकबहादुर भुजेल,लाक्पा शेर्पा,दावा शेर्पा,कैलाश तामाङ, दिपन तामाङ,निरबहादुर तामाङ,लाक्पा शेर्पा, मनबहादुर तामाङ,अशोक तामाङ, पदम तामाङ,ममिका तामाङ छन् ।

नवप्रवेसीलाई प्रमुख अतिथी नगर कमिटि अध्यक्ष विसन राइले सपथ गराई पार्टीको वर्तमान नीति सिद्धान्त र अवस्थाको बारेमा जानकारी दिएका थिए ।राईले अन्य स्थानबाट पनि पार्टी प्रवेशको कार्यक्रम भएको भएपनि कोरोना महामारीका कारण स्थगन गरीएको जानकारी दिए ।

२ नं. वडा कमिटी सोल्माको आयोजनामा भएको कमिटिको बैठकमा ६ वटा टोल कमिटी गठन भएको र त्यसमध्ये १ वटा टोल कमिटीको आयोजनामा प्रशिक्षण भएको र अन्य  टोल कमिटीमा भने प्रशिक्षण कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्न भने वाकी रहेको छ । टोल कमिटी अध्यक्ष  नगेन्द्र योगिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री,नगर कमिटी सदस्य दिपेन्द्र किराति, नेकपा पार्टी वडा कमिटी अध्यक्ष सप्तमणि राई, सचिव सुमन राई लगायतले नवप्रवेसीलाई स्वागत गरेका थिए ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic