कांग्रेस लगायत अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश

  • भदौ ३, २०७७
  • ३,८४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
भाद्र, ३ खोटाङ ः पछिल्लो समय नेपाली कांग्रेस र अन्य पार्टी छाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम तिव्र वनेको छ ।

बुधवार खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी २९ जना सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

नगरपालिका क्षेत्र अन्र्तगत पर्ने मुडे,लाली, भर्यङेगे ,वातल,भुल्के,टोलका २९ जना नेकपामा प्रवेश गरेको पार्टीका नगर कमिटी अध्यक्ष विसन राईले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा करिश्मा तामाङ,निर्मला तामाङ,अप्सरा तामाङ,दावा शेर्पा,निमा शेर्पा, लाक्पा शेर्पा, दिल तामाङ, राज तामाङ, फुरी शेर्पा, अमृत तामाङ, हर्क तामाङ, मनिराज तामाङ शुजन तामाङ भक्तबहादुर तामाङ,शुक्र तामाङ रहेकाछन् ।

त्यसैगरी अन्य प्रवेशीहरुमा आश्मान तामाङ, बमबहादुर भुजेल,दोर्जी शेर्पा,लोकबहादुर भुजेल,लाक्पा शेर्पा,दावा शेर्पा,कैलाश तामाङ, दिपन तामाङ,निरबहादुर तामाङ,लाक्पा शेर्पा, मनबहादुर तामाङ,अशोक तामाङ, पदम तामाङ,ममिका तामाङ छन् ।

नवप्रवेसीलाई प्रमुख अतिथी नगर कमिटि अध्यक्ष विसन राइले सपथ गराई पार्टीको वर्तमान नीति सिद्धान्त र अवस्थाको बारेमा जानकारी दिएका थिए ।राईले अन्य स्थानबाट पनि पार्टी प्रवेशको कार्यक्रम भएको भएपनि कोरोना महामारीका कारण स्थगन गरीएको जानकारी दिए ।

२ नं. वडा कमिटी सोल्माको आयोजनामा भएको कमिटिको बैठकमा ६ वटा टोल कमिटी गठन भएको र त्यसमध्ये १ वटा टोल कमिटीको आयोजनामा प्रशिक्षण भएको र अन्य  टोल कमिटीमा भने प्रशिक्षण कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्न भने वाकी रहेको छ । टोल कमिटी अध्यक्ष  नगेन्द्र योगिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री,नगर कमिटी सदस्य दिपेन्द्र किराति, नेकपा पार्टी वडा कमिटी अध्यक्ष सप्तमणि राई, सचिव सुमन राई लगायतले नवप्रवेसीलाई स्वागत गरेका थिए ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic