वीपीमा कार्यरत नर्स, विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना संक्रमण

  • भदौ ६, २०७७
  • ७,२६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ भदौः धरानमा दैनिक रुपमा कोरोना संक्रमित भेटिन थालेकाछन् ।

सोहीक्रममा शनिवार पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनी धरान ११ स्थित सयपत्रीमार्गकी वासिन्दा हुन ।

उनी हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

त्यसैगरी विययपुर हस्पिटल धरान १० मा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले वताएकाछन् ।

उनका अनुसार हस्पिटलमा रेडियोग्राफरमा कार्यरत ५४ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी धरान १७ मा डेरा गरी वस्दै आएकाछन् ।

अस्पतालका निर्देशक प्रभाव खतिवडाले संक्रमित रेडियोग्राफरलाई होम आइसोलेसनमा राखिएको जनकारी दिए ।

निर्देशक खतिवडाका अनुसार उनलाई ५ दिनदेखि आइसोलेसनमा पठाएको र ज्वरो आएपछि वीपीमा जाँच गराउदा रिपोर्ट पोजेटिभ आएको थियो ।

अरु सबै स्टाफहरुको परीक्षण गरिरहेको उनले बताए । उनका अनुसार हरेक दिन बेलुका ४ बजे ओपिडी सकिएपछि सबै विभाग, मेशिनहरुमा सेनिटाइज गर्ने गरिएको पनि बताए ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic