वीपीमा कार्यरत नर्स, विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना संक्रमण

  • भदौ ६, २०७७
  • ७,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ भदौः धरानमा दैनिक रुपमा कोरोना संक्रमित भेटिन थालेकाछन् ।

सोहीक्रममा शनिवार पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनी धरान ११ स्थित सयपत्रीमार्गकी वासिन्दा हुन ।

उनी हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

त्यसैगरी विययपुर हस्पिटल धरान १० मा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले वताएकाछन् ।

उनका अनुसार हस्पिटलमा रेडियोग्राफरमा कार्यरत ५४ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी धरान १७ मा डेरा गरी वस्दै आएकाछन् ।

अस्पतालका निर्देशक प्रभाव खतिवडाले संक्रमित रेडियोग्राफरलाई होम आइसोलेसनमा राखिएको जनकारी दिए ।

निर्देशक खतिवडाका अनुसार उनलाई ५ दिनदेखि आइसोलेसनमा पठाएको र ज्वरो आएपछि वीपीमा जाँच गराउदा रिपोर्ट पोजेटिभ आएको थियो ।

अरु सबै स्टाफहरुको परीक्षण गरिरहेको उनले बताए । उनका अनुसार हरेक दिन बेलुका ४ बजे ओपिडी सकिएपछि सबै विभाग, मेशिनहरुमा सेनिटाइज गर्ने गरिएको पनि बताए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic