नेकपाको कार्यदलले बुझायो प्रतिवेदन कस्तो छ कार्यदलको सुझाव

  • भदौ ६, २०७७
  • ५,०१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,६ भदौं ः चरम उत्र्कसमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान तर्फ देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएसंग्ौ समाधानतर्फ देखिएको हो ।

कार्यदलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।

कार्यदल मिहिन ढंगले वनाएको प्रतिवेदनमा नेकपामा देखिएको पहिलो विवादको चुरोको रुपमा रहेको वुदाको रुपमा रहेको प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा हेरफेर गर्ने लगायतका सुझाव रहेका छन् ।

ओली र प्रचण्डले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न भन्दै गत साउन ३० मा कार्यदल गठन गरेका थिए ।

पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यंदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेकाथिए ।

। नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि समाधानका लागि कार्यदल गठन गरीएको थियो ।

कस्तो दियो कार्यदलले सुझाव ?

– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic