पार्टी पद्धति विपरित कार्य नगर्न नेकपा सुनसरीको चेतावनी

  • भदौ ८, २०७७
  • ४,५७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले पार्टीको नीति र पद्धति विपरित कुनैपनि कार्य नगर्न चेतावनि दिएको छ ।

नेकपा सुनसरी जिल्ला कमिटिका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेश कुमार बस्नेतले आइतवार विज्ञप्ति जारी गरी कसैले पनि पार्टी पद्धति विपरित कार्य नगर्न चेतावनि दिएका हुन ।

जिल्लाका केही नेताहरुले पार्टी एकताको भावना विपरित केही दिन अघि गुटवन्दी गर्दै हिडेकामा पार्टीको गम्भिर ध्यान आकर्षण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

जारी विज्ञप्तीमा पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पार्टी एकतामा आँच पुर्याउदै कुनै निश्चित नेताको पक्षमा सडकमा नारा लगाउने, पूर्व पार्टीको नाममा गुटगत भेला गरी पार्टीका कतिपय कमिटि, कमिटिका नेताहरुको मानमर्दन गर्ने जस्ता गतिविधि भएका समाचारहरु सञ्चार माध्यममा आउदा नेकपा जिल्ला कमिटि सुनसरीको गम्भिर ध्यान आकर्षण भएको उल्लेख गरेको छ ।

पार्टीको विधि र पद्धती उल्लङ्घन गर्दै गुटगत क्रियाकलाप नर्गन र यस्ता गतिविधमा संलग्न नहुन विज्ञप्तीमा लेखिएको छ ।
पार्टी नीति विपरित कार्य नगर्न प्रदेश तथा केन्द्रिय कमिटिका नेताहरुलाई समेत विज्ञप्तीमा सचेत गराइएको छ ।

केन्द्रिय कमिटि तथा प्रदेश कमिटिका नेताहरु समेत सहभागी भएको सञ्चार माध्यमबाट जानकारी हुन आएकोले त्यस्ता गतिविधि नगर्न, नगराउन विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

केही दिन अघि सुनसरीको रामधुनीमा २ जना केन्द्रीय नेता तथा प्रदेश कमिटी सदस्य तथा प्रदेशका मन्त्री सांषद तथा जिल्ला कमिटीका सदस्यहरु सहभागी भएको समाचार सार्वजनिक भएको थियो ।

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic