नेकपा अध्यक्षद्वारा कार्यदलको प्रतिवेदन अनुमोदन ओली पाच वर्ष प्रधानमन्त्री,प्रचण्ड कार्यकारी अध्यक्ष

  • भदौ ९, २०७७
  • १,७५८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
काठमाडौँ,९ भदौ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा गठित कार्यदलले वुझाएको प्रतिवेदन अध्यक्षद्धयले अनुमोदन गरेका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन अनुमोदन गरेका हुन् ।
प्रतिवेदन अनुमोदन गर्नका लागि भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाउने र सोही वैठकले प्रतिवेदन अनुमोदन गर्ने सहमति भएको छ । सचिवालयले अनुमोदन गरेपछि प्रतिवेदन स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने छ ।
यसअघि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार ओलीले पुरै कार्यकाल पाँच वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको एकल नेतृत्व गर्ने छन् ।
पार्टीमा शक्ति सन्तुलन नभएको भन्दै तिव्र असन्तुष्टि भएपछि त्यसलाई समाधानका लागि केही दिन अघि कार्यदल गठन गरी सोही कार्यदलको प्रतिवेदनका आधारमा सहमति खोज्ने प्रयास गरीने सहमति भएको थियो ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic