नेकपा अध्यक्षद्वारा कार्यदलको प्रतिवेदन अनुमोदन ओली पाच वर्ष प्रधानमन्त्री,प्रचण्ड कार्यकारी अध्यक्ष

  • भदौ ९, २०७७
  • १,७३० पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
काठमाडौँ,९ भदौ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा गठित कार्यदलले वुझाएको प्रतिवेदन अध्यक्षद्धयले अनुमोदन गरेका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन अनुमोदन गरेका हुन् ।
प्रतिवेदन अनुमोदन गर्नका लागि भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाउने र सोही वैठकले प्रतिवेदन अनुमोदन गर्ने सहमति भएको छ । सचिवालयले अनुमोदन गरेपछि प्रतिवेदन स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने छ ।
यसअघि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार ओलीले पुरै कार्यकाल पाँच वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको एकल नेतृत्व गर्ने छन् ।
पार्टीमा शक्ति सन्तुलन नभएको भन्दै तिव्र असन्तुष्टि भएपछि त्यसलाई समाधानका लागि केही दिन अघि कार्यदल गठन गरी सोही कार्यदलको प्रतिवेदनका आधारमा सहमति खोज्ने प्रयास गरीने सहमति भएको थियो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic