माग सुनुवाई नभएको भन्दै नोबेलका ५५ नर्सद्धारा राजिनामा

  • भदौ १०, २०७७
  • २,९१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
विराटनगर,१० भदौ ः आफ्नो मागको सुनुवाई नभएको भन्दै नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाप नर्सहरुले सामुहिक राजीनामा दिएकाछन् ।

केही समय अघि राखेको ७ बुँदे माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक राजिनामा दिएका हुन ।

उनीहरुले केही समय अघि स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोरनुपर्ने लगायतकचा माग कलेज प्रशासन समक्ष राखेका थिए ।

आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि ‘कोभिड १९ को महामारीको बेला सेवा दिएको भएपनि अस्पतालले आफ्नो सुरक्षाको विषयमा कहिले चाँसो नदेखाएकोले गर्दा बाध्य भएर राजीनामा दिएको वताएकाछन् ।

आफूहरुले दिएको राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल स्वयम जिम्मेवार हुनुपर्ने चेतावनि राजीनामा पत्रमा उल्लेख गरेकाछन् । 

सो विषयमा अस्पताल प्रशासनले नर्सले प्रोत्साहन रकम नपाएको भन्दै सामूहिक राजिजनामा दिएको वताएको छ ।
अस्पतालका प्रबन्धक नारयण दाहालले नर्सहरुले ५ हजार प्रोत्साहन भत्ताको माग गरेको तर अस्पतालले ४ हजार रुपैयाँ दिने जानकारी गराएको वताए ।

१ हजार रूपैयाँमा कुरा नमिल्दा आकस्मिक कक्षमा कार्यरत ५५ जना नर्सले राजिनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका छन् ।

उनीहरुले राजीनामा वुझाएपछि अस्पतालको सेवा प्रभावित वनेको छ ।कोरोना महामारीको समयमा यति धेरै संख्यामा स्वास्थ्यकर्मीले राजीनामा दिएको यो पहिलो घटना हो ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic