माग सुनुवाई नभएको भन्दै नोबेलका ५५ नर्सद्धारा राजिनामा

  • भदौ १०, २०७७
  • २,९७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
विराटनगर,१० भदौ ः आफ्नो मागको सुनुवाई नभएको भन्दै नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाप नर्सहरुले सामुहिक राजीनामा दिएकाछन् ।

केही समय अघि राखेको ७ बुँदे माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक राजिनामा दिएका हुन ।

उनीहरुले केही समय अघि स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोरनुपर्ने लगायतकचा माग कलेज प्रशासन समक्ष राखेका थिए ।

आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि ‘कोभिड १९ को महामारीको बेला सेवा दिएको भएपनि अस्पतालले आफ्नो सुरक्षाको विषयमा कहिले चाँसो नदेखाएकोले गर्दा बाध्य भएर राजीनामा दिएको वताएकाछन् ।

आफूहरुले दिएको राजिनाले विरामीमा पर्न गएको असुविधाप्रति अस्पताल स्वयम जिम्मेवार हुनुपर्ने चेतावनि राजीनामा पत्रमा उल्लेख गरेकाछन् । 

सो विषयमा अस्पताल प्रशासनले नर्सले प्रोत्साहन रकम नपाएको भन्दै सामूहिक राजिजनामा दिएको वताएको छ ।
अस्पतालका प्रबन्धक नारयण दाहालले नर्सहरुले ५ हजार प्रोत्साहन भत्ताको माग गरेको तर अस्पतालले ४ हजार रुपैयाँ दिने जानकारी गराएको वताए ।

१ हजार रूपैयाँमा कुरा नमिल्दा आकस्मिक कक्षमा कार्यरत ५५ जना नर्सले राजिनामा पत्र अस्पताल प्रशासनलाई बुझाएका छन् ।

उनीहरुले राजीनामा वुझाएपछि अस्पतालको सेवा प्रभावित वनेको छ ।कोरोना महामारीको समयमा यति धेरै संख्यामा स्वास्थ्यकर्मीले राजीनामा दिएको यो पहिलो घटना हो ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic