नेकपा सचिवालय बैठक पाच दिनका लागि स्थगित

  • भदौ १२, २०७७
  • १,४२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ,१२ भदौ ः शनिवार वस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पाच दिनका लागि स्थगित भएको छ ।

सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक पाच दिनका लागि स्थगित गरिएको हो ।

स्थगित बैठक भदौ १८ गते वस्ने तय गरीएको छ ।

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठकलाई पाँच दिन पर धकेलिएको हुन ।

गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयले शनिबार सचिवालय बैठक बस्ने निर्णय गरेका थिए ।

बैठकमा पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।

सो कार्यदलले अ‍ोलीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने, पार्टी सञ्चालन प्रचण्डले गर्ने, पार्टीको महाधिवेशन आगामी चैत्र महिनामा गर्ने लगायतका सुझाव दिएको थियो ।

सुझाव कार्यदलको वुझाएको प्रतिवेदन माथि छलफल गरेर पार्टीको विवाद समाधान गर्ने अपेक्षा गरीएको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic