निशेधाज्ञालाई थप कडा बनाउने धनकुटाको निर्णय

  • भदौ १४, २०७७
  • ५८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ भदौ ः जिल्लामा समूदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले लकडाउन थप कडा वनाउने भएको छ ।

आइतवार राती १२ बजे देखी १७ गते राती १२ बजेसम्म निशेधाज्ञालाई थप कडा बनाउने निर्णय गर्दै लकडाउन कडा वनाउने निर्णय गरीएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् डिसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकले कोरोना संक्रमितको पिसिआर नमूनाको रिर्पोट नआएसम्म तीन दिन जिल्लाभरी नै निषेधाज्ञ कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ ।

धनकुटाका औषधि पसल वाहेक दैनिक उपभोग्य सामाग्रीका पसलहरु अव दिनको एक पटक मात्र खोल्न पाईने भएको छ ।

दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीका पसल विहान ७ बजे देखी १० बजेसम्म एक पटक मात्र खुल्ला गर्ने निर्णय गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic