कोरोना सङ्क्रमित आमा छोराको मृत्यु

  • भदौ १४, २०७७
  • ३४९ पटक पढिएको
  • छाल खबर
alt

धरान,१४ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–१७ का दुई जना सङ्क्रमित रहेकाछन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा धरान १७ का ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको हो ।

धरान १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार मृतक आमा छोरा हुन् ।

एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो ।

स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उहाँको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो ।

आमा छोराको करिव १ घण्टाको फरकमा मृत्यु भएको थियो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic