स्टाफ नर्स भर्नाका लागि वीपी प्रतिष्ठानमा बिचौलिया मार्फत रकमको चलखेल लिखित र अन्र्तवार्ता दुवै गर्न माग गर्र्दै अख्तियारमा उजुरी

  • भदौ १७, २०७७
  • १२,६०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १७ भदौ ः धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै न कुनै नियुक्ति र भर्ना प्रकृयामा आर्थिक लेनदनेमा विवादित वन्दै आएको छ ।

उपकुलपति नियुक्ति देखि रजिष्ट्रार लगायत अन्य नियुक्तिका लागि करोडौको चलखेल हुने गरेको छ । रजिष्ट्रार नियुक्तिको विषयमा आर्थिक लेनदेनको विषय सेलाउन नपाउदै फेरी स्टाप नर्स भर्नामा पैसाको चलखेल भएको आरोप लाग्न थालेको छ ।

प्रतिष्ठानका पदाधिकारीहरुले नियम विपरीत लिखित परीक्षा नलिई आर्थिक चलखेलका आधारमा अन्तर्वार्ताका माध्यमबाट मात्र ५० जना नर्सलाई जागिर खुवाउन लागेको स्रोतको दावी रहेको छ ।

यस अघिका नर्स नियुक्तिमा लिखित परिक्षा लिन र सो परिक्षा पास गर्नेहरुलाई अन्र्तवार्ता गराई छनौट भएको खण्डमा नियुक्ति गर्ने गरीएको थियो ।

अन्र्तवार्ताको मध्यमबाट सिधै पास गराउने र त्यसबापत २ देखि ३ लाख रुपैयासम्म आर्थिक लेनदेनको मोलमोलाई भएको प्रतिष्ठानभित्र कै कर्मचारीको दावी रहेको छ ।

विचौलिया मार्फत रकम लिएर अन्र्तवार्ता मार्फत नियुक्तिका लागि उपकुलपति ज्ञानेन्द्र गिरी, रजिष्ट्रार मोहनचन्द्र रेग्मी लगायतको मिलेमतोमा स्टाफ नर्स सिधै भर्ना गर्न लागिएको ती कर्मचारीको दावी रहेको छ ।

प्रतिष्ठानले आवदेन दिएका ४ सय ७ परीक्षार्थीमध्ये ५० जनालाई मात्र अन्तर्वार्ताबाट छनौट गर्नुलाई आर्थिक चलखेल बाहेक अरु कुनै कारण नभएको कर्मचारी स्रोतको दावी रहेको छ ।

अहिलेका प्रतिष्ठान पदाधिहरुले लोकसेवा आयोगको सामान्य मापदण्डलाई समेत नमानि नियुक्तिका कार्य गर्न थालेकाछन् ।

स्रोतका अनुसार सो कार्यमा उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी, मेट्रोन उपेन्द्र यादव, नर्सिङ चिफ तारा शाह, धरानका ब्यापारी चेतन अग्रवाल लगायतले सेटिङ गरेको नाम उल्लेख नगर्ने सर्तमा एक पीडित नर्सले बताईन ।

अग्रवालको नाम उपकुलपति नियुक्ति,रजिष्ट्रार नियुक्ति लगायतका राजनीतिक नियुक्तिमा लगानीकर्ताको रुपमा नाम जोडिदै आएको छ । यसअघिका उपकुलपति राजकुमार रौनियारको समयमा उनी विरुद्ध अख्तियारमा समेत उजुरी परेको थियो ।उनी प्रतिष्ठानको कुनै न कुैन आर्थिक काण्डमा मुछिदै आएकाछन् ।

हाल नियुक्त रजिष्ट्रार डा मोहन चन्द्र रेग्मीलाई रजिष्ट्रार वनाउन समेत अग्रवालले लगानी गरेको उनी निकट स्रोतले जनाएको छ । उनी पदाधिकारी नियुक्ति गर्नका लागि लगानी गरीदिने र पछि प्रतिष्ठानको ठेक्का पट्टा आफूले लिने धन्धा गर्दै आएकाछन् ।

पेसाले औषधी व्यवसायी अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका सदस्य समेत हुन ।यस्तै काण्डमा पर्दै आएका अग्रवाल पेसागत संगठनको पावरका लागि उनी अनेक पावर लगाएर मनोनित भएका थिए ।

उनको मनोनितसंगै संघलाई व्यापारीहरुले हेर्नेदृष्टिकोण नै परिवर्तन गर्न थालेकाछन् । अग्रवाल उपकुलपति वीपी दासको समय देखि नै आर्थिक काण्डमा मुछिदै आएकाछन् ।

सो अन्र्तवार्ता स्थगित गरी विगत वर्षहरुको जस्तै लिखित परिक्षा हुनु पर्ने माग गर्दै प्रतिष्ठानका केही शिक्षक तथा कर्मचारीहरु भने विगतको नजिर अनुरुप लिखित सहितको अन्तर्वार्ता गराउन माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रिय कार्यालय, इटहरीमा उजुरी समेत दताए गराएकाछन् ।

उनीहरुले अख्तियारले तत्काल छानविन गरी अन्र्तवार्तालाई स्थगित गरी दोषि उपर कार्वाही चलाउन माग समेत गरेकाछन् । अख्तियारले तत्काल कार्वाही गरी कमाउ धन्धाको अन्त्य गर्न माग समेत गरेकाछन् ।

प्रतिष्ठानमा जो सुकै पदाधिकारीहरु आएपनि आर्थिक काण्डमा मुछिएर अख्तियारको कार्वाही पछि पदाधिकारीबाट हटेकाछन् ।

सो विषयमा प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीलाई ९८५२०४४०५५ मा बारम्वार सम्पर्क गर्दा फोन उठेन । व्यवसायी अग्रवालले पनि ९८५११७००७१ मा बारम्वार सम्पर्क गर्दा फोन उठेन ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic