राष्ट्रियसभामा बामदेव,खतिवडा चट

  • भदौ १८, २०७७
  • ४९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भदौ ः निकै लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको विहिवार बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

पद र शक्ति विना वस्न नसक्ने उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई काखी चेप्दै आएका प्रधानमन्त्री ओलीले यसपटकको वैठकमा भने आफूलाई नै अप्ठारो पर्ने संकेत बुझेपछि मौन वसेका थिए ।

यसअघि डा. खतिवडाको पक्षमा उभिएका ओली यस पटक भने आफ्नो पद धरापमा पर्ने देखिएपछि गौतमलाई सिफारीस गर्न वाध्य भएका थिए ।

गौतमलाई प्रतिनिधि सभामा लानका लागि कुनै क्षेत्रका सांसदलाई राजीनामा गराएर निर्वाचन गराएर भएपनि प्रतिनिधि सभामा लान र प्रधानमन्त्री वनाउने आस्वासन समेत दिदै आएका थिए । त्यो पनि संभव नभएपछि ओलीले गौतमलाई राष्ट्यि सभामा मनोनित गरेर उपप्रधानमन्त्री वनाउने समेत आस्वासन दिदै आएका थिए ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपा भित्र तिव्ररुपमा विवाद हुदै आएको थियो । गौतम राजनीतिक पृष्ठभूमिका व्यक्ति रहेका तर खतिवडा कर्मचारी पृष्ठभूमिका व्यक्ति हुन् । कर्मचारीलाई सो पद दिएकोमा नेकपा नेताहरुमा असन्तुष्टि देखिएको थियो । तर ओलीले दवावमा खतिवडालाई नियुक्त गर्दै आएका थिए ।

सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको नेताहरुले बताएाक छन् ।

कार्यदलको प्रतिवेदनमाथि ठोस निर्णय हुन नसक्नुलाई कतिपयले विभिन्न दृष्टिकोणले हेरेकाछन् ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic