राष्ट्रियसभामा बामदेव,खतिवडा चट

  • भदौ १८, २०७७
  • ४८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भदौ ः निकै लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको विहिवार बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

पद र शक्ति विना वस्न नसक्ने उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई काखी चेप्दै आएका प्रधानमन्त्री ओलीले यसपटकको वैठकमा भने आफूलाई नै अप्ठारो पर्ने संकेत बुझेपछि मौन वसेका थिए ।

यसअघि डा. खतिवडाको पक्षमा उभिएका ओली यस पटक भने आफ्नो पद धरापमा पर्ने देखिएपछि गौतमलाई सिफारीस गर्न वाध्य भएका थिए ।

गौतमलाई प्रतिनिधि सभामा लानका लागि कुनै क्षेत्रका सांसदलाई राजीनामा गराएर निर्वाचन गराएर भएपनि प्रतिनिधि सभामा लान र प्रधानमन्त्री वनाउने आस्वासन समेत दिदै आएका थिए । त्यो पनि संभव नभएपछि ओलीले गौतमलाई राष्ट्यि सभामा मनोनित गरेर उपप्रधानमन्त्री वनाउने समेत आस्वासन दिदै आएका थिए ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपा भित्र तिव्ररुपमा विवाद हुदै आएको थियो । गौतम राजनीतिक पृष्ठभूमिका व्यक्ति रहेका तर खतिवडा कर्मचारी पृष्ठभूमिका व्यक्ति हुन् । कर्मचारीलाई सो पद दिएकोमा नेकपा नेताहरुमा असन्तुष्टि देखिएको थियो । तर ओलीले दवावमा खतिवडालाई नियुक्त गर्दै आएका थिए ।

सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको नेताहरुले बताएाक छन् ।

कार्यदलको प्रतिवेदनमाथि ठोस निर्णय हुन नसक्नुलाई कतिपयले विभिन्न दृष्टिकोणले हेरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic