अर्थमन्त्री खतिवडाले दिए राजीनामा व्यापारीद्धारा विभिन्न स्थानमा खुशीयाली साथ दिपावलि

  • भदौ १९, २०७७
  • १,७३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भदौ ः अर्थमन्त्री डां. युवराज खतिवडाले शुक्रवार पदबाट राजीनामा गरेपछि देशका विभिन्न स्थानमा केही व्यवसायीहरुले खुशीयाली मात्र गरेनन् ठाउ ठाउमा दिपावलि समेत गरेको वुझिएको छ ।

आफ्नो कार्यकालमा उद्योगी व्यापारीहरुलाई विभिन्न ढंगले कर मात्र उठाउने तर व्यवसायिहरुको हितको निम्ति कुनै योजना पेश गर्न नसकेपछि उनको राजीनामाको खवर आएपछि उनीहरुले खुशीयाली र दिपावलि समेत गरकोहुन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका थिए ।

देशभर उनले काम गर्न नसकेको विषयमा विरोध र चर्चा भइरहेको अवस्थामा उनले भने वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको दावी समेत गरेका थिए ।

असफल अर्थमन्त्रीको रुपमा उनको चर्चा भईरहेको छ । उनले वित्तिय क्षेत्रमा कुनै परिवर्तन गर्न र नया योजनाहरु कुनैपनि कार्य सकेनन् केवल उनी मन्त्री भएर जागिर मात्र खाएका थिए ।

देशभर विरोध भएपनि उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा सुधार भएको दावी गर्र्दै भ्याट फिर्ता खारेजीको निर्णयलाई सफल निर्णय मानेका छन् ।अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

यता देशभरका विभिन्न क्षेत्रहरुमा खतिवडाको विदाईको खुशीयालीमा दिपावलि समेत गरेकाछन् । उद्योगी व्यवसायीहरुको हितमा काम नगरेको र करको भार मात्र थुपारेकोले उनको विदाईमा खुशीयाली गरीएको व्यवासायीहरुको भनाई रहेको छ ।

व्यवसायीहरुको हितमा काम गर्ने अर्थमन्त्री आउनेमा आफूहरु आसावादी रहेको उनीहरुको भनाई रहेको छ ।
उनको कार्यकालमा सरकार र सरकारको नेतृत्व गरेको पार्टी समेत विवादमा परेको छ ।

उद्योगी व्यापारीहरुले खतिवडाको कामप्रति पार्टी समक्ष असन्तुष्टि जनाउदै आएकाछन् ।

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic