अर्थमन्त्री खतिवडाले दिए राजीनामा व्यापारीद्धारा विभिन्न स्थानमा खुशीयाली साथ दिपावलि

  • भदौ १९, २०७७
  • १,७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भदौ ः अर्थमन्त्री डां. युवराज खतिवडाले शुक्रवार पदबाट राजीनामा गरेपछि देशका विभिन्न स्थानमा केही व्यवसायीहरुले खुशीयाली मात्र गरेनन् ठाउ ठाउमा दिपावलि समेत गरेको वुझिएको छ ।

आफ्नो कार्यकालमा उद्योगी व्यापारीहरुलाई विभिन्न ढंगले कर मात्र उठाउने तर व्यवसायिहरुको हितको निम्ति कुनै योजना पेश गर्न नसकेपछि उनको राजीनामाको खवर आएपछि उनीहरुले खुशीयाली र दिपावलि समेत गरकोहुन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका थिए ।

देशभर उनले काम गर्न नसकेको विषयमा विरोध र चर्चा भइरहेको अवस्थामा उनले भने वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको दावी समेत गरेका थिए ।

असफल अर्थमन्त्रीको रुपमा उनको चर्चा भईरहेको छ । उनले वित्तिय क्षेत्रमा कुनै परिवर्तन गर्न र नया योजनाहरु कुनैपनि कार्य सकेनन् केवल उनी मन्त्री भएर जागिर मात्र खाएका थिए ।

देशभर विरोध भएपनि उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा सुधार भएको दावी गर्र्दै भ्याट फिर्ता खारेजीको निर्णयलाई सफल निर्णय मानेका छन् ।अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

यता देशभरका विभिन्न क्षेत्रहरुमा खतिवडाको विदाईको खुशीयालीमा दिपावलि समेत गरेकाछन् । उद्योगी व्यवसायीहरुको हितमा काम नगरेको र करको भार मात्र थुपारेकोले उनको विदाईमा खुशीयाली गरीएको व्यवासायीहरुको भनाई रहेको छ ।

व्यवसायीहरुको हितमा काम गर्ने अर्थमन्त्री आउनेमा आफूहरु आसावादी रहेको उनीहरुको भनाई रहेको छ ।
उनको कार्यकालमा सरकार र सरकारको नेतृत्व गरेको पार्टी समेत विवादमा परेको छ ।

उद्योगी व्यापारीहरुले खतिवडाको कामप्रति पार्टी समक्ष असन्तुष्टि जनाउदै आएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic