जनता क्याम्पसका अध्यक्ष रेवति भण्डारी र दुई प्राध्यापकलाई क्याम्पस छिर्न निषेध

  • भदौ २०, २०७७
  • ४,६७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० भदौ ः आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले जनता बहुमखि क्याम्पसका अध्यक्ष र दुइ प्राध्यापकलाई क्याम्पस प्रवेशमा निषेध गरेकाछन् ।

क्याम्पसका अध्यक्ष रेवति भण्डारी र प्राध्यापकद्धय राजन भट्राई, कृष्णकला राईलाई ६ विद्यार्थी सङ्गठनहरूले अनिश्चितकालीन क्याम्पस प्रवेश निषेध गरेका हुन् ।

संयुक्त विद्यार्थी सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनि दिएका हुन ।

यसरी प्रवेश निषेध गर्ने संगठनहरुमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ,समाजवादी विद्यार्थी फोरम, नया शक्ति विद्यार्थी युनियन,राप्रविसं रहेकाछन् ।

गत साउन २८ गते भएको मोवाइल फोनवार्ताको अडियोमा भएको संवादले जनता क्याम्पसको मात्र वदनाम नभई सिंगो शिक्षा क्षेत्र नै वदनाम भएको भन्दै उनीहरुले छानविन गरी तत्काल हदैसम्मको कार्वाहीको माग गर्दै भदौ ८ गते १० दिने अल्टिमेटम दिएका थिए ।

विद्यार्थी सङ्गठनहरूले लिखित तथा मौखिक जानकारी गराएपनि सो विषयमा समितिका अध्यक्षले कुनै चासो नदिएकोले वाध्य भएर यस्तो निर्णय गर्नुपरेको अखिल क्रान्तिकारीका कार्यवाहक सचिव अर्जुन पौडेलको भनाई रहेको छ ।

घटनाको सम्वन्धमा क्याम्पस प्रशासनले वास्तविकता छानविन गरी हदैसम्मको कार्वाही गर्न व्यवस्थापन समिति तथा कार्यसम्पादन मुल्याड.कन समितिलाई सिफारीस गरेपनि अध्यक्ष रेवति भण्डारीले निर्णय गर्नुपर्ने दवावका कारण समय आएपछि वैठक राख्ने भन्दै हिडने गरेकोले अन्तिम अवस्थामा आएर सो निर्णय गरीएको नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति सहदेव काफ्लेले वताए ।

उनका अनुसार १० दिने यस अघि दिइएको अल्टिमेटमको समय पनि सकिसकेको छ ।यस विषयको निचोड ननिस्किए सम्म कुनै पनि हालतमा उक्त तीनै जनालाई क्याम्पसमा प्रवेश गर्न समेत नदिने काफ्ले चेतावनि समेत दिएकाछन् ।

घटनाक्रम हेर्दा उक्त घटनालाई ढाकछोप गर्न सञ्चालक समितिका अध्यक्ष भण्डारी कम्मर कसेर लागेका छन् ।
केही दिन अघि सोही क्याम्पसका प्राध्यापकद्धय भट्टराई र राई बिच अमर्यादित रूपमा टेलिफोन संवाद भएको थियो ।

लगत्तै विद्यार्थी सगंठनहरुले क्याम्पसको मात्रै नभई आम विद्यार्थी तथा शिक्षा जगतकै बदनाम भएको भन्दै दुवै जनालाई कारबाही गर्न क्याम्पस प्रशासन तथा सञ्चालक समितिलाई दबाब दिँदै आएका थिए ।

उनीहरुलाई जोगाउन अध्यक्ष भण्डारी हरतरहले लागि परेकाछन् । संचालक समितिले वैठक वोलाएर छलफल गरौ भन्दा पनि उनी मानेका छैनन् ।

भण्डारीलाई संचालक समिति अध्यक्ष वनाउने विषयमा पनि उनी आवद्ध रहेको पार्टी नेकपा र उनको शितयुद्ध भएको थियो । उनले लिखित आत्मआलोचना मागेपछि मात्र पार्टीले चुनावमा सघाएको थियो ।

अध्यक्ष वनेपछि भण्डारीले नेकपाको एउटा समूहलाई उचालेर पार्टी कार्यालयमा ताला समेत लगाउन लगाएका थिए । पछिल्लो समय क्याम्पस अध्यक्ष भण्डारी पार्टी भित्र पनि गुट चलाउदै हिडने गरेकोले विवादमा समेत पर्दै आएकाछन् । केही दिन अघि भएको गुटको भेलाको पनि उनैले अगुवाई गरेको भन्दै पार्टीले विज्ञप्ति नै निकालेर चेतावनि समेत दिएको थियो ।

विद्यार्र्थी संगठनको यो चेतावनिले अध्यक्ष भण्डारीले सो घटना निल्नु न ओकल्नु भएको छ । उनलाई निर्णय नै नगरी क्याम्पसको फिल्ड एक धार्मिक कार्यक्रमलाई दिएको भन्दै यस अघि पनि उनलाई विद्यार्थीहरुले चेतावनि दिएका थिए ।

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic