महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेवि संघद्वारा तालावन्दी

  • भदौ २२, २०७७
  • ३०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ भदौ ःमहेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोधमा नेविसंघले तालावन्दी गरेको हो ।

विद्यार्थीहरुलाई अनलाईन कक्षा शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै संघले तालाबन्दी गरेको हो । संघले विज्ञप्ती जारी गदै अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ ।

सेमेष्टार तहका विद्यार्थीहरुलाई परिस्थिती सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका बरिष्ठ उपाध्यक्ष तथा स्वावियू सचिव दोर्ची शेर्पाको भनाई रहेको छ ।

क्याम्पस प्रशासनले गत शुक्रवार सूचना टास गरी विद्यार्थीहरुलाई अग्रिम सेमिस्टार शुल्क बुझाउन दवाव दिएको छ ।
शेर्पाले अहिलेको विषम परिस्थितिमा फि लिन नहुने वताउदै सहज भएपछि शुल्क लिनु पर्छ भन्ने संघको माग रहेको स्पष्ट पारेकाछन् ।क्याम्पसले निर्णय नसच्याएसम्म तालाबन्दी कायम राख्ने शेर्पाले चेतावनी दिएकाछन् ।

संघले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी तर सेमेष्टार तहका कुनै पनि शुल्क नर्तिन आग्रह समेत गरेको छ ।

क्याम्पसले ६ महिनादेखी लकडाउनले बन्दा बन्दी भएको अवस्थामा सेमेष्टारका विभिन्न तहहरु एमविविएस, एमए, एमएड, बिबिए, बिबिएस सम्बन्धी ५० प्रतिशत शुल्क तिरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो क्याम्पसले जारी गरेको सूचना व्यवहारीक र अवैज्ञानिक भएकोले वाध्य भएर आफूहरुले तालावन्दी गर्नुपरेको इकाई सभापति विवेक लिम्वुले वताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic