पोषण विज्ञान अध्ययन गरेका विद्यार्थी वेरोजागार हुनु विडम्वना–रन्जित तामाङ

  • भदौ २३, २०७७
  • ३,८९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले पोषण विज्ञान सम्बन्धी अध्ययन गरेका विद्यार्थी बेरोजगार हुनु भनेको सरकारले प्राविधिक पक्षको वास्तविक अर्थ नवुझेको वताएकाछन् ।

उनले स्वदेशमा उत्पादित जनशक्तिलाई सरकारले सहि रुपमा उपयोग गर्न नसकेको प्रति आफ्नो ध्यान आकर्षण गराएका छन् ।

तामाङले विगतमा नेपालमा बाढी, पहिरो, भूकम्पबाट सिर्जना भएको कुपोषण नियन्त्रणमा विभिन्न संस्थाबाट यिनै पोषणविदहरुले महत्वपूर्ण भूमिका खेलेको उक्त जनशक्तिलाई देशले प्रयोगमा ल्याउनु पर्नेमा उनले जोडदिएकाछन् ।

सहसंयोजक तामाङले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन् विगत ९ वर्षदेखि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा न्यूटेसन र डाइटिस अध्यापन हुँदै आएको तर उक्त जनशक्तीलाई सरकारले उचित रुपमा व्यवस्थापन गर्न ठोस योजना निर्माण गर्न निद नसकेकोले ध्यान दिन सरकार समक्ष माग गरेका छन् ।

उनले कोरोना भाइरस जस्तो महामारीमा भ्याक्सिन पत्ता लगाउन नसकिरहेको अवस्थामा हाम्रो प्रतिरक्षा प्रणाली वृद्धि गर्न हाम्रो दैनिक खानपान नै भएको र हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जनशक्ती पोषणविद र माइक्रोवायोलोजिष्टहरु हुन भएको स्पष्ट पारेकाछन् ।

सरकारले उपयुक्त काउन्सिल र लोकसेवा आयोग मार्फत प्रतिस्पर्धाको माध्यमबाट सदुयोग गर्नु पर्नेमा उनले जोडदिएकाछन् ।

उनले कृषि होस वा अन्य क्षेत्रका प्राविधिकहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेर दक्ष जनशक्ति स्वदेशमा नै परिचालनमा गर्नुपर्ने माग उनले सरकार समक्ष राखेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic