पोषण विज्ञान अध्ययन गरेका विद्यार्थी वेरोजागार हुनु विडम्वना–रन्जित तामाङ

  • भदौ २३, २०७७
  • ३,९२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले पोषण विज्ञान सम्बन्धी अध्ययन गरेका विद्यार्थी बेरोजगार हुनु भनेको सरकारले प्राविधिक पक्षको वास्तविक अर्थ नवुझेको वताएकाछन् ।

उनले स्वदेशमा उत्पादित जनशक्तिलाई सरकारले सहि रुपमा उपयोग गर्न नसकेको प्रति आफ्नो ध्यान आकर्षण गराएका छन् ।

तामाङले विगतमा नेपालमा बाढी, पहिरो, भूकम्पबाट सिर्जना भएको कुपोषण नियन्त्रणमा विभिन्न संस्थाबाट यिनै पोषणविदहरुले महत्वपूर्ण भूमिका खेलेको उक्त जनशक्तिलाई देशले प्रयोगमा ल्याउनु पर्नेमा उनले जोडदिएकाछन् ।

सहसंयोजक तामाङले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन् विगत ९ वर्षदेखि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा न्यूटेसन र डाइटिस अध्यापन हुँदै आएको तर उक्त जनशक्तीलाई सरकारले उचित रुपमा व्यवस्थापन गर्न ठोस योजना निर्माण गर्न निद नसकेकोले ध्यान दिन सरकार समक्ष माग गरेका छन् ।

उनले कोरोना भाइरस जस्तो महामारीमा भ्याक्सिन पत्ता लगाउन नसकिरहेको अवस्थामा हाम्रो प्रतिरक्षा प्रणाली वृद्धि गर्न हाम्रो दैनिक खानपान नै भएको र हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जनशक्ती पोषणविद र माइक्रोवायोलोजिष्टहरु हुन भएको स्पष्ट पारेकाछन् ।

सरकारले उपयुक्त काउन्सिल र लोकसेवा आयोग मार्फत प्रतिस्पर्धाको माध्यमबाट सदुयोग गर्नु पर्नेमा उनले जोडदिएकाछन् ।

उनले कृषि होस वा अन्य क्षेत्रका प्राविधिकहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेर दक्ष जनशक्ति स्वदेशमा नै परिचालनमा गर्नुपर्ने माग उनले सरकार समक्ष राखेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic