कांग्रेस लगायत अन्य पार्टी छाडदै युवाहरु नेकपामा प्रवेश

  • भदौ २३, २०७७
  • १३,२८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः धरान– १७ मा युवाहरुको ठूलो संख्यामा नेपाली कांग्रेस परित्याग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकाछन् ।

विभिन्न पार्टीमा रहेका १ सय ५ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको नेकपाले जनाएको छ ।
धरान १७ मा नेकपाले गरेको बिकास र पार्टीले लिएको नीति तथा कार्यक्रममा सहभागी भएर योगदान दिने भन्दै सयौंको संख्यामा युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस पट्नाली बुथ सभापति युवराज राईको नेतृत्वमा पट्नालीबाट २८ जना, धरान १७ को असारे, साउने, डाडाघोपा लगायतका विभिन्न टोलबाट निमा शेर्पाको अगुवाईमा विभिन्न पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेको नेकपाका १७ नं वडा कमिटी अध्यक्ष सुवास वर्देवाले जानकारी दिएका छन् ।

नव प्रवेशी युवाहरुलाई नेकपाका प्रदेश सदस्य तथा धरान नगर इन्चार्ज अइन्द्र विक्रम बेघा, प्रदेश सदस्य जसकुमार राई (प्रवेश), जिल्ला सदस्य पदम इस्बो,धरान नगर अध्यक्ष नारायण सुवेदी, सचिव सुदर्शन श्रेष्ठ, नगर सदस्य मनोज भट्टराई, राजमणी निरौला, १७ नम्बर वडा इन्चार्ज जीवन भट्टराई, सहइन्चार्ज युवराज बिष्ट लगायतका नेताहरुले नव प्रवेशी युवा कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।

नेकपाका प्रदेश सदस्य तथा धरान नगर इन्चार्ज आइन्द्र विक्रम बेघाले नेकपा मात्रै देशमा युवाहरुको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने बैज्ञानिक पार्टी भएकोले देश निर्माणमा एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

देशमा भएको बिकृति, बिसंगति र कुरीतिलाई चिर्दै र सुखी नेपाली र समृद्ध नेपाल बनाउने पार्टीको अभियानमा जोडिन सबै युवाहरुलाई आग्रह गरेका छन् ।

नवप्रवेशीहरुको तर्फबाट युवा नेता युवराज राईले काँग्रेस लगायतका पार्टीहरुले चुनावका बेलामात्रै युवाहरुलाई उपयोग गर्ने र अरुबेला वास्ता नगरेका कारण युवाहरुलाई सँधै परिचालन गर्ने र विकास निर्माणका कार्यमा समेत सहभागिता गराउने नेकपा मात्रै भएको ठहर गरेर आफुहरु सामूहिक रुपमा नेकपामा प्रवेश गरेको बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ नं.वडा अध्यक्ष सुवास वर्देवाको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश तथा स्वागत कार्यक्रम पार्टीका वडा सचिव बसन्त श्रेष्ठले सञ्चालन गरेका थिए ।

पार्टी एकिकरण पछि संगठनमा खासै लागि नपरेको नेकपालाई यो पार्टी प्रवेशले निकै उत्साहित वनाएको केही कार्यकर्ताहरुको भनाई रहेको छ ।

पार्टी एकिकरणपछि संगठन विस्तारमा र निर्माणमा पार्टीको तल्लो स्तरमा खास काम हुन सकेको छैन ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic