एउटै घरमा डेरा वस्ने ६ परिवारका १३ जनलाई कोरोना संक्रमण

  • भदौ २९, २०७७
  • २,९३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ः धरान–१६ मा आइतवार साँझ एउटै घरमा बस्ने १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १६ का कोरोना संक्रमित ७८ वर्षीय श्रीमान् र ७० बर्षीया श्रीमतीको क्लोज कनट्र्याक्टमा रहेकाहरू र उनीहरूकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

श्रेष्ठ दम्पतीको धरान १६ मा रहेको २ वटा घरमा भाडामा बस्नेहरू १२ बर्षीया बालिका देखि ५७ बर्षीया सम्मलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एउटै घरमा डेरा गरी वस्ने ६ परिवारका १३ जना रहेका छन् । संक्रमित हुनेमा ४५,२९,२९, १४,१७,१२,५७,३२ र ३८ बर्षीया महिला, ५३,२४,५४ र २७ वर्षीय पुरुष गरी १३ जना रहेका छन् ।

श्रेष्ठ दम्पतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको कनट्र्याक्ट ट्रेसिङकाहरु र एन्फा क्वारेनटाइनमा रहेका ९७ जनाको स्वाब लिइएको मध्ये १३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिएकाछन् ।

उनीहरुलाई होम आइसुलेसनमा नै राखिने १६ नं. वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो ।

धरानमा एकै परिवारमा यतिका संख्यामा संक्रमण भएको यो पहिलो हो । धरानमा हालसम्म ३ सय २४ जना संक्रमित भइसकेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic