आजको मन्त्री परिषद वैठकमा वामदेव र कुलमानबारे निर्णय हुने

  • भदौ २९, २०७७
  • १,७३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

काठमाडौ,२९ भदौ ः आजको मन्त्री परिषद वैठकबाट सर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल कम्युनिष्ट पार्टीिका उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभामा लैजाने विषयमा निर्णय गर्ने वुझिएको छ ।

गौतमलाई राष्ट्रिय सभामा लैजाने यस अघि नै नेकपा केन्द्रीय समितिले सिफारी गरीसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीको भनाई रहेको छ ।

कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ।

घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर आइतबार प्राधिकरणबाट बिदा भएका छन्। दुवै नियुक्तिबारे प्रधानमन्त्री ओली व्यक्तिगत रुपमा इच्छुक नभएपनि पार्टी निर्णय र दबाबका कारण बाध्य हुने संभावना रहेका छन्।

बामदेवलाई राष्ट्रिय सभामा लैजाने विषयमा देशभर विरोध भएपनि कुलमानलाई पुन दोहो¥याउनु पर्ने विषयमा मुलुकभर तथा सामाजिक सञ्जालमा दवाव परेको थियो ।

गौतमको विरोध र कुलमानको समर्थनको वावजुद सरकारले दुवैको पक्षमा निर्णय गर्ने स्रोतको दावी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic