कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद बैठकमै लगिएन ओलीका साला पर्नेलाई नियुक्तिको तयारी

  • भदौ ३०, २०७७
  • १,३१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भदौ ःसर्वाधिक चर्चामा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई पुर्न दोहोर्याउने चर्चा देशभर चलिरहदा सोमवार वसेको मन्त्री परिषद वैठकले भने प्रस्ताव नै पेस गरेन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्यि सभामा पठाउनको लागि निर्णय गर्ने र कुलमानलाई पुर्न कार्यकारी निर्देशकमा नियुक्ति गर्ने अपेक्षा आम नेपालीले गरेका थिए ।

सोमवारको मन्त्रीपरिषद वैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै गएन।

भदौ २८ गते कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि प्राधिकरणको प्रवन्ध निर्देशक पद खाली छ।बैठकले कुलमानलाई नै पुन नियुक्ति गर्ने अड्कल गरिएको थियो। उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो।

प्रधानमन्त्री केपी ओलीले कुलमानबारे प्रस्ताव नल्याउन भनेपछि उनको नियुक्तिको प्रस्ताव रोकिएको ऊर्जा मन्त्रालय स्रोतको दाबी छ।

कुलमानलाई प्राधिकरणको प्रवन्ध निर्देशक पुन नियुक्ति गर्ने नगर्ने विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिँदै आएको थियो। प्रधानमन्त्री केपी ओली सुरूदेखि नै कुलमानलाई नियुक्ति नदिने पक्षमा थिए भने अर्का अध्यक्ष प्रचण्ड नियुक्ति दिनुपर्छ भन्ने पक्षमा थिए।

ओली र प्रचण्डबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईलाई र घिसिङलाई प्राधिकरणमा नियुक्त गर्ने गरी समझदारी बनेको नेकपाभित्र कतिले दाबी गरेका थिए।

राईलाई अहिले अख्तियारको आयुक्तमा नियुक्त गर्ने र छ महिनापछि प्रमुख आयुक्त बनाउने पक्षमा प्रधानमन्त्री ओली छन्।ओलीनिकट राईलाई अख्तियारमा लैजाने विषयमा अध्यक्ष प्रचण्डको विमति राख्दै आएकाछन् ।

राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुनलमानलाई दोहोर्‍याउन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो।

ओलीले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो सालो पर्नेलाई नियुक्ति गर्नको लागि तयारी गरीरहेको स्रोतले वताएको छ ।

लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेले भन्दै सर्वसाधरणबीच कुलमानको लोकप्रियता बढ्दो छ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic