आजबाट सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा लामो दुरीको यातायात भने मर्मत र चेकजाच पश्चात मात्र सञ्चालन गरीने

  • असोज १, २०७७
  • ८४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोज ः लकडाउका कारण विगत ६ महिना देखि वन्द रहेको सार्वजनिक यातायात आज (विहिवार)बाट मुलुकभर सञ्चालनमा आएको छ ।

सोमवारको मन्त्री परिषद वैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसंगै सार्वजनिक यातायात सञ्चालनमा आएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै प्रकारका सार्वजनिक यातायात असोज १ गते देखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।

असोज १ गते विश्वकर्मा पुजा समेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीका अनुसार लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने भएकाछन् ।सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा बढी भाडा लिन पाउने अनुमति दिइएको छ ।

यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले पनि विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ ।

कोरोना भाइरसको माहामारीका कारण गत चैत ११ गतेदेखि मुुलुकभर सरकारले लकडाउन घोषणा गरेको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic