आजबाट सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा लामो दुरीको यातायात भने मर्मत र चेकजाच पश्चात मात्र सञ्चालन गरीने

  • असोज १, २०७७
  • ८७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोज ः लकडाउका कारण विगत ६ महिना देखि वन्द रहेको सार्वजनिक यातायात आज (विहिवार)बाट मुलुकभर सञ्चालनमा आएको छ ।

सोमवारको मन्त्री परिषद वैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसंगै सार्वजनिक यातायात सञ्चालनमा आएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै प्रकारका सार्वजनिक यातायात असोज १ गते देखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।

असोज १ गते विश्वकर्मा पुजा समेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीका अनुसार लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने भएकाछन् ।सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा बढी भाडा लिन पाउने अनुमति दिइएको छ ।

यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले पनि विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ ।

कोरोना भाइरसको माहामारीका कारण गत चैत ११ गतेदेखि मुुलुकभर सरकारले लकडाउन घोषणा गरेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic