प्रदेश १ मा चलचित्र निर्देशक समाज गठन

  • असोज ४, २०७७
  • १४,६४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोज ः प्रदेश नं. १ मा चलचित्र निर्देशकहरुलार्य संगठित गर्ने उदेश्यले केशव रायमाझी को अध्यक्षता मा ११ सदस्यीय चलचित्र निर्देशक समाज प्रदेश न १ गठन भएको छ ।

प्रदेश न १ मा रहेर चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरुको छाता संगठनको रुपमा नै यो समाजको स्थापना गरिएको हो ।

बिगत चार दशक देखी प्रदेशमा नै रहेर निर्देशनकार्यलाई निरन्तरता दिई रहनु भएका बिराटनगर का अग्रज निर्देशक केशव रायमाझिलाई सर्वसम्मत द्धारा नै चयन गरेर अध्यक्ष पदको लागी नियुकति गरिएको थियो ।

चलचित्रकर्मी महासंघ प्रदेश न १ का अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता मा बसेको बैठक ले उक्त निर्णय गरेको हो । कार्यक्रममा प्रेम सुब्बा, परशुराम चौधरी , प्रकश सुब्बा लगायत प्रदेश न १ मा रहेका अधिकांश निर्देशकहरुको भेला भएका थिए ।

नवनियुक्त भएको कार्यसमिति लाई चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोईराला द्वारा निर्णय को माईन्युट हस्तान्तरण गरिएको थियो । चलचित्र निर्देशक समाज प्रदेश १ को नवनियुक्त कार्यसमितिको नामावली यस प्रकार रहेको छ ।

समितिको अध्यक्ष ( केशव रायमाझी , बिराटनगर उपाध्यक्ष– रविन श्रेष्ठ– धरान,ज्ञानेन्द्र कोईराला दमक, सचीव हरेन्द्रमान खत्री पथरी ,सह सचीव–बिनोद पुडासैनी बिराटनगर, कोषाध्यक्ष– राजु चौधरी बिराटनगर,सदस्यहरु मौसम ईम्बुङ हङकङ, सुर्य चेम्जोङ पाचथर , होम नारायण राजबंशी झापा , हुदुवा खवाश मोरंग, बिजय सुव्वा सुनसरी रहेकाछन् ।

सल्लाहकार समितिमा अरुण कुमार प्रधान, प्रेम सुब्बा, परशुराम चौधरी,लाख मान योन्जन,ईन्द्र परियार, प्रकाश सुब्बा,भिम लामा रहेकाछन्

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic