वामदेव गौतम विरुद्ध सर्वोच्चमा रिट दर्ता

  • असोज ५, २०७७
  • २,०९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यको पद खारेजीको लागि सवोच्च अदालतमा उजुरी परेको छ ।

बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो ।

गौतमको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो। अधिवक्ता त्रिपाठीका अनुसार निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ ।

प्रारम्भिक सुनुवाइका लागि बुधबार पेश तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

मन्त्रिपरिषद् पुनः गठन गरेर गौतमलाई समेत मन्त्री बनाउने विषयमा सत्तारुढ नेकपाभित्र छलफल भइरहेका बेला उनलाई मन्त्री नबनाउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

त्रिपाठीले राष्ट्रियसभामा सरकारबाट कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई अशोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ८६÷२० को खण्ड ‘ख’ बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकि थिइन्।

मनोनित लगत्तै गौतमले पथ तथा गोपनीयताको शपथ लिएका थिए। गौतमका विरुद्धमा अरु दुईवटा रिट पनि दर्ता भएको छ।

५९ सदस्यीय राष्ट्रियसभासमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनित हुने व्यवस्था छ।

देशव्यापीरुपमा कार्यकर्ता र जनताको चर्को विरोध हुदा हुदैपनि बामदेव राष्ट्रिय सभामा मनोनित भएका थिए । यस अघि पनि उनले प्रतिनिधि सभाका सदस्य मावीर मानन्धरलाई राजीनामा गराएर र केही महिना अघि अर्का एक जना सांसदलाई राजीनामा गराएर सो स्थानमा निर्वाचन गराएर संसद वन्ने दाउमा लागेका थिए । त्यो पनि संभव नभएपनि अन्तिममा राष्ट्रिय सभामा भएपनि मनोनित भएका थिए ।

उनको मनोनयनले यतिवेला सामाजिक सञ्जाल र पार्टी भित्रमा नै विवाद शुरु भएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic