वामदेव गौतम विरुद्ध सर्वोच्चमा रिट दर्ता

  • असोज ५, २०७७
  • २,११८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यको पद खारेजीको लागि सवोच्च अदालतमा उजुरी परेको छ ।

बर्दियाबाट प्रतिनिधिसभा चुनावमा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरीएको थियो ।

गौतमको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले आइतबार पेश गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो। अधिवक्ता त्रिपाठीका अनुसार निवेदनमा गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न, उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरिएको छ ।

प्रारम्भिक सुनुवाइका लागि बुधबार पेश तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

मन्त्रिपरिषद् पुनः गठन गरेर गौतमलाई समेत मन्त्री बनाउने विषयमा सत्तारुढ नेकपाभित्र छलफल भइरहेका बेला उनलाई मन्त्री नबनाउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

त्रिपाठीले राष्ट्रियसभामा सरकारबाट कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई अशोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधानको धारा ८६÷२० को खण्ड ‘ख’ बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकि थिइन्।

मनोनित लगत्तै गौतमले पथ तथा गोपनीयताको शपथ लिएका थिए। गौतमका विरुद्धमा अरु दुईवटा रिट पनि दर्ता भएको छ।

५९ सदस्यीय राष्ट्रियसभासमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनित हुने व्यवस्था छ।

देशव्यापीरुपमा कार्यकर्ता र जनताको चर्को विरोध हुदा हुदैपनि बामदेव राष्ट्रिय सभामा मनोनित भएका थिए । यस अघि पनि उनले प्रतिनिधि सभाका सदस्य मावीर मानन्धरलाई राजीनामा गराएर र केही महिना अघि अर्का एक जना सांसदलाई राजीनामा गराएर सो स्थानमा निर्वाचन गराएर संसद वन्ने दाउमा लागेका थिए । त्यो पनि संभव नभएपनि अन्तिममा राष्ट्रिय सभामा भएपनि मनोनित भएका थिए ।

उनको मनोनयनले यतिवेला सामाजिक सञ्जाल र पार्टी भित्रमा नै विवाद शुरु भएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic