देशव्यापाी आन्दोलन गर्ने जनजाति संघको चेतावनि

  • असोज ६, २०७७
  • १०,११७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्न कुलमान घिसिङलाई नियुक्ति नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनि नेपाली कांग्रेसको जातीय संगठन नेपाल आदिवासी जनजाति संघले दिएको छ ।

संघका प्रदेश १ संयोजक नन्दराज राईले मंगलवार सुनसरीको धरानमा आयोजित विरोध सभामा वोल्दै सो चेतावनि दिएका हुन् ।

सरकारले कुलमान घिसिङलाई पुर्न कार्यकारी निर्देशक वनाउने आफ्नो मागलाई वेवास्ताा गरे देशभर आन्दोलन चर्काउने चेतावनि दिदै त्यसबाट पर्ने क्षतिको जिम्मेवारी स्वयम सरकारले लिनु पर्ने उल्लेख गरेकाछन् ।

मुलुकमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अवस्थाबाट चौविसै घण्टा विजुली आउने वर्तमान अवस्था कुलमानले ल्याएकोले जनताको हितमा काम गर्नेलाई अवसर दिन उनले माग गरेकाछन् ।

उनले चुनाव हारेकालाई राष्ट्रिय सभामा लानका लागि कानुन संशोधन गर्न सक्ने सरकारले जनताको हितका काम गर्नेलाई काममा लगाउने निर्णय गर्नसक्नुपर्नेमा उनको जोडथियो ।

पहिले अवौ रुपैया घाटामा रहेको विद्युत प्राधिकरणलाई ४ वर्षको अवधिमा उनले ११ अर्व रुपैया नाफा लान सफल भएको वताउदै यस्तो योजना र क्षमता भएको व्यक्तिलाई पुन अवसर दिएर जनताको भावनाको सम्मान गर्न उनले आग्रह गरेकाछन।

देशभर कुलमानको नियुक्तिको माग भएकोले जनभावनाको सम्मान गर्नको लागि पनि नियुक्तिको विकल्प नभएको उनको भनाई थियो ।

कुलमानलाई पुर्न नियुक्तिका लागि सामाजिक सञ्जाल देखी सडकसम्म देशका विभिन्न स्थानमा आन्दोलन जारी रहेको छ । यस अघि धरानमा पनि विभिन्न पार्टी र संगठनहरुले कुलमानको पुर्ननियुक्तिको दवावका लागि आन्दोदलन गरीसकेकाछन् ।

सोही कार्यक्रममा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई कमिटीका वरिष्ठ उपाध्यक्ष तथा स्ववियू सचिव दोर्ची शेर्पाले कुलमानको विपक्षमा सरकार गए मुलुकले ठूलो क्षति व्यहोनु पर्ने चेतावनि समेत दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic