सहकारीको ऋण लगानीमा ब्याजदर निर्धारण

  • असोज ८, २०७७
  • १,४३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ ,७ असोज ः सहकारीहरुले मनपरी व्याजदर निर्धारण गरी लगानी गरीरहेको अवस्थामा सहकारी विभागले लगानीको व्याजदर निर्धारण गरेको छ ।

विभागले सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ ।

विभागका रजिष्ट्रार डा टोकराज पाण्डेका अनुसार ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी ऋण र बचतको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको छ ।

गत वर्षको श्रावण १९ गतेदेखि सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १६ प्रतिशत कायम थियो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको गठन भएको थियो ।

ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको छ ।

सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम समितिले सन्दर्भ व्याजदर निर्धारण गर्दा वचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घको औसत व्याजदर, सहकारी बैङ्कको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनबमोजिम “क” वर्गको इजाजत प्राप्त बैंकको औसत ब्याजदरलाई हरेर नयाँ ब्याजदर कायम गरिएको थियो ।

सन्दर्भ ब्याजदर तोक्ने कामको अलावा विभागले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic