सुनसरीमा कांग्रेस छाडदै नेकपामा जोडिदै

  • असोज १०, २०७७
  • ८९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असोज ः यतिवेला पार्टी परित्याग गर्ने र पार्टी प्रवेश गर्ने लहर नै चलेको छ । खोटाड. र भोजपुर पछि सुनसरीमा पनि यो कार्यले निरन्तरता पाएको छ ।

सुनसरीमा पनि पार्टी प्रवेशको कार्यक्रमले निरन्तरता पाएको छ ।

शनिवार स्थानीय समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलका स्थानीय नेपाली कांग्रेस परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका हुन ।

pati 2

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेका क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, चन्द्र मण्डलसहितका काग्रेसका नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य प्रदेश १ का ईन्चार्ज तथा पूर्व सस्कृति तथा पर्यटन मन्त्री भीम आचार्यले नेकपामा प्रवेश गराएका स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा वोल्दै नेता आचार्यले मुलुकलाई समृद्धिको दिशामा लैजान नेकपा बाहेक अरुले नसक्ने भन्दै निर्वाचनको बेलामा गरेका प्रतिवद्धताहरु पुरा गर्नै पर्नै बताए ।

सरकारले सोचे जस्तो काम गर्न नसकेकोमा पार्टीले खबरदारी गरेको बताउदै उनले पार्टीको मातहतमा सरकार सञ्चालन गर्ने सहमति पार्टी भित्र भइसकेको पनि बताए ।

नेता आर्चायले आगमी दिनमा नेकपाको सरकारको प्रवाव कारितामा वृद्धि हुने र नव कमरेडहरुको क्षमता अनुसारको पार्टीले जिम्मेवारी दिने बताएका थिए ।

पूर्व मन्त्री आचार्यले कोरोना पिडित र वाढीपिडित हरुको लागि राहत र पूनर्स्थापनाको लागि अहोरात्र खटेर काम गर्दै आएकाछन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश १ कमिटी सदस्यहरु पोष्ट नेपाल, किरण कार्की, प्रदेश सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष पप्पु मण्डल लगायत नेताहरुको उपस्थित रहेको थियो ।

प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश एकका सदस्य पोष्टकुमार नेपाल, किरणकुमार कार्की, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, सचिवालय सदस्य पर्शुराम यादव लगायतका नेता कार्यकर्ताहरुले बोल्नुभएको थियो ।

नेकपा भोक्राहा नरसिहका नेता हेमनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र यादव, शिवकुमार यादव, चन्दन यादव, सत्यनारायण यादव लगायतका नवप्रवेशीहरु सगै स्थानियहरुले नरसिह क्षेत्रको विकासका लागी नेकपाका नेताहरुलाई साथ दिन माग गरेका थिए ।

विगत केही महिना यता देखि पहाडी जिल्ला भोजपर र खोटाड.मा अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।सुनसरीमा पनि पार्टी प्रवेशको शुरुवात भएको नेकपाको दावी रहेको छ ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic