विरोध पत्र कांग्रेस सिध्याउने खेल ः नेतृ सुजाता कोइराला

  • असोज १३, २०७७
  • १,४३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १३ असोज ः कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्।

कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्।

प्राइम टेलिभिजनमा कुरा गर्दै नेतृ कोइरालाले पौडेल समुहको विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि दावी गरेकीछिन् ।

विरोध पत्रका विषयमा आफूले असहमति रहेको जानकारी गराएको समेत उनले स्पष्ट पारेकीछिन् ।

कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने वताउदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेको क्रियाकलाप आफुलाइ मान्य नभएको पनि बताइन ।

कांग्रेस भित्रको कमजोरीका विषयमा सभापति शेरबहादुर देउवालाई मात्रै दोष दिएर आफू उम्कन नमिल्ने समेत उनको जिकिर रहेको छ ।

पार्टी सभापति शेरबहादुरले आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राखेको दावी समेत गरेकीछिन् ।
कोइरालाले गुटैगुटमात्र रहेको र त्यसभित्र पनि कस्ले कस्लाई सिध्याउने फोहोरी खेल हुने गरेकोले बैठकहरुमा जानपनि छोडिसकेको वताएकिछिन् ।

सुजाताले पार्टी सभापतिले गठन गरेको विभागलाई बहिष्कार गर्नुपनि पौडेल लगायतका नेताहरुको गम्भीर गल्ति भएको तर्क गरेकीछिन् ।

पार्टीको विभाग गठन ढिला भएपनि त्यसले पार्टीका साथीहरुको मनोवल वढाएको दावी गर्दै संगठनमा लाग्न सजिलो भएको उनको भनाई रहेको छ ।

उनले पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलामा नेताहरु लागेको पनि बताईन ।
कांग्रेस महाधिवशन फागुनमा गर्न अव सम्भव नभएको बताउँदै कम्तिमा तीन महिना सार्नु उपयुक्त हुने उनले बताईन ।

उनले पार्टीभित्र विवादको विहुँ रोप्ने योजना भएको भन्दै त्यसबाट सबै नेताहरु सुरक्षित हुनुपर्ने पनि बताईन । ‘कांग्रेसभित्र धेरै ठुलो विवादको विँउ रोप्ने कोशिल हुदैछ ।

रामचन्द्रजीको कृयाकलापवाट म खुसी छैन । रामचन्दै पौडेलले पटक पटक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेकोे सुजाताको आरोप छ ।

रामचन्द्रजीले केहि पाइन भन्ने हो भने मैले किन नभन्ने रु वहाँलाई पटकपटक अवसर दिएको हो । पटक पटक पदाधिकारी हुनुभयो ।

गत महाधिबेशनमा सभापति लडनुभयो । प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन । फेरी हार्नुभयो । पार्टीले त उहाँलाई धेरै दियो’ सुजाताले भनिन् ।

उनले काग्रेसलाई एकजुट बनाउन युवाहरुलाई अगाडी बढाउनु पर्ने होईन सक्षम व्यक्ति आउनु पर्ने पनि बताईन ।

सभापति देउवाले विभिन्न विभाग गठन गरेको विरुद्ध रामचन्द्र पौडेलले असहमति पत्र दर्ता गरेका थिए ।
गठनका विरुद्ध पौडेल र देउवावीच विवाद हुदै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic