विरोध पत्र कांग्रेस सिध्याउने खेल ः नेतृ सुजाता कोइराला

  • असोज १३, २०७७
  • १,४०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १३ असोज ः कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्।

कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्।

प्राइम टेलिभिजनमा कुरा गर्दै नेतृ कोइरालाले पौडेल समुहको विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि दावी गरेकीछिन् ।

विरोध पत्रका विषयमा आफूले असहमति रहेको जानकारी गराएको समेत उनले स्पष्ट पारेकीछिन् ।

कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने वताउदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेको क्रियाकलाप आफुलाइ मान्य नभएको पनि बताइन ।

कांग्रेस भित्रको कमजोरीका विषयमा सभापति शेरबहादुर देउवालाई मात्रै दोष दिएर आफू उम्कन नमिल्ने समेत उनको जिकिर रहेको छ ।

पार्टी सभापति शेरबहादुरले आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राखेको दावी समेत गरेकीछिन् ।
कोइरालाले गुटैगुटमात्र रहेको र त्यसभित्र पनि कस्ले कस्लाई सिध्याउने फोहोरी खेल हुने गरेकोले बैठकहरुमा जानपनि छोडिसकेको वताएकिछिन् ।

सुजाताले पार्टी सभापतिले गठन गरेको विभागलाई बहिष्कार गर्नुपनि पौडेल लगायतका नेताहरुको गम्भीर गल्ति भएको तर्क गरेकीछिन् ।

पार्टीको विभाग गठन ढिला भएपनि त्यसले पार्टीका साथीहरुको मनोवल वढाएको दावी गर्दै संगठनमा लाग्न सजिलो भएको उनको भनाई रहेको छ ।

उनले पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलामा नेताहरु लागेको पनि बताईन ।
कांग्रेस महाधिवशन फागुनमा गर्न अव सम्भव नभएको बताउँदै कम्तिमा तीन महिना सार्नु उपयुक्त हुने उनले बताईन ।

उनले पार्टीभित्र विवादको विहुँ रोप्ने योजना भएको भन्दै त्यसबाट सबै नेताहरु सुरक्षित हुनुपर्ने पनि बताईन । ‘कांग्रेसभित्र धेरै ठुलो विवादको विँउ रोप्ने कोशिल हुदैछ ।

रामचन्द्रजीको कृयाकलापवाट म खुसी छैन । रामचन्दै पौडेलले पटक पटक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेकोे सुजाताको आरोप छ ।

रामचन्द्रजीले केहि पाइन भन्ने हो भने मैले किन नभन्ने रु वहाँलाई पटकपटक अवसर दिएको हो । पटक पटक पदाधिकारी हुनुभयो ।

गत महाधिबेशनमा सभापति लडनुभयो । प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन । फेरी हार्नुभयो । पार्टीले त उहाँलाई धेरै दियो’ सुजाताले भनिन् ।

उनले काग्रेसलाई एकजुट बनाउन युवाहरुलाई अगाडी बढाउनु पर्ने होईन सक्षम व्यक्ति आउनु पर्ने पनि बताईन ।

सभापति देउवाले विभिन्न विभाग गठन गरेको विरुद्ध रामचन्द्र पौडेलले असहमति पत्र दर्ता गरेका थिए ।
गठनका विरुद्ध पौडेल र देउवावीच विवाद हुदै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic