उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय मंसिर ११ र १२ गते काठमाडौंमा हुने

  • असोज १६, २०७७
  • २,८०७ पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर

धरान,१६ असोज ः कोरोना महामारीका कारण दुइ पटक स्थगन भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तेस्रो पटकका लागि तय भएको छ ।

महासंघको तेस्रो पटकका लागि तय भएको साधारण सभाको मिति मंसिर ११ र १२ गतेका लागि तय गरीएको छ ।

महासंघको साधारण सभा काठमाण्डौमा गर्नको लागि स्थान तय गरीएको महासंघले जनाएको छ । विहिवार बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

महासंघकी अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै अनुमोदन गरेको जानकारी दिएकीछिन् ।

राणाका अनुसार एक पटकमा २५ जना भन्दा बढी भेला नभई र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरी निर्वाचन गर्न सकिने भन्दै सरकारले अनुमति दिइसकेको छ।

पहिलो चरणमा २०७६ चैत २८ र २९ का लागि तय गरीएको साधारण सभा कोभिडका कारण स्थगित भएको थियो । दोस्रो पटकको मिति साउन २६ र २७ गतेका लागि तय गरीएको थियो तर दोस्रो चरणमा पनि कोविडको कारण हुन हुन नसकेपछि तेस्रो मिति तय गरीएको हो । नया कार्य समिति समेत चयन हुने यो साधारण सभामा आगामी नेतृत्वका लागि हालका उपाध्

यक्षद्धय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल वनाएर चुनावी मैदानमा होमिएकाछन् । दुवैले प्यानल नै वनाएर देशव्यापी रुपमा निर्वाचन प्रचार गरीसकेकाछन् ।

हालकी अध्यक्ष भवानी राणा ढकालको पक्षमा उभिदै आएपनि पछिल्लो समय प्रधानको कित्तामा उभिदै आएको ढकाल पक्षले आरोप लगाउदै आएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने भएकोले वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतह अध्यक्ष हुनेछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic