नेकपा निकट विद्यार्थी संगठनको सुनसरीमा एकता सम्पन्न

  • असोज १८, २०७७
  • २,४२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ ।

सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ ।

पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो ।

विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो ।

दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन् ।

दुवै संगठनको भेलाले संगठनको ७ सदस्यीय जिल्ला कार्यालय (पदाधिकारी) बनाउने पनि निर्णय भएको सहसंयोजक वुद्रोस लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार कार्यालयको संयोजकमा जिबि गजल, सहसंयोजकमा बुद्रोस लिम्बु सदस्यहरुमा रोशन रेग्मी, सिएम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिसा श्रेष्ठ रहेका छन् ।संगठनको कामलाई सहज रुपमा गर्नको लागि २१ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरिएको लिम्वुले जानकारी दिएकाछन् ।

सोही भेलाले सुनसरीको विभिन्न ७ क्याम्पसको संयोजक र सहसंयोजकको पनि जिम्मेवारी तोकेको छ ।

सात क्याम्पसमा संयोजक सह संयोजक तोकिए

प्राप्त जानकारि अनुसार पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको संयोजकमा प्रदिप घिमिरे र सहसंयोजकमा अरुण कटवाल,केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र सहसंयोजकमा आशिक थापालाई जिम्मेवारी तोकिएको छ ।

यता महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ र सहसंयोजकमा शेखर रेग्मीलाई जिम्मेवारी तोकिएको छ भने पिण्डेश्वर विद्यापिठ धरानको संयोजकमा नरेन्द्र ढुंगेल र सहसंयोजकमा पवन अधिकारी तोकिएका छन् ।

त्यसैगरी सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहित साह र सहसंयोजकमा सज्जाद आलव तोकिएका छन् । सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई र सहसंयोजकमा सुरज भट्टराई, जनता बहुमुखी क्याम्पस इटहरीको संयोजकमा उज्वल सिग्देल र सहसंयोजकमा अर्जुन पौडेल तोकिएको छन् ।

जिम्मेवारी तोकिएको क्याम्पस कमिटिहरुमा जिल्ला कमिटिसँग समन्वय गरेर पुर्णता दिइने जिल्ला कमिटिका सहसंयोजक बुद्रोस लिम्बुले बताएकाछन् ।

akhil-4 akhil-2 akhil-3 akhil-1

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic