नेकपा निकट विद्यार्थी संगठनको सुनसरीमा एकता सम्पन्न

  • असोज १८, २०७७
  • २,४४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ः पार्टी एकिकरण भएको करिव ३ वर्षको अन्तरालमा सत्तारुढ दल नेकपा निकट दुई विद्यार्थी संगठनबीचमा एकता सम्पन्न हुन थालेको छ ।

सोही क्रममा सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको छ ।

पुर्वमाओवादी निकट अखिल क्रान्तिकारी र पुर्वएमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो ।

विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्वएमोले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो ।

दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेकाछन् ।

दुवै संगठनको भेलाले संगठनको ७ सदस्यीय जिल्ला कार्यालय (पदाधिकारी) बनाउने पनि निर्णय भएको सहसंयोजक वुद्रोस लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार कार्यालयको संयोजकमा जिबि गजल, सहसंयोजकमा बुद्रोस लिम्बु सदस्यहरुमा रोशन रेग्मी, सिएम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिसा श्रेष्ठ रहेका छन् ।संगठनको कामलाई सहज रुपमा गर्नको लागि २१ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरिएको लिम्वुले जानकारी दिएकाछन् ।

सोही भेलाले सुनसरीको विभिन्न ७ क्याम्पसको संयोजक र सहसंयोजकको पनि जिम्मेवारी तोकेको छ ।

सात क्याम्पसमा संयोजक सह संयोजक तोकिए

प्राप्त जानकारि अनुसार पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको संयोजकमा प्रदिप घिमिरे र सहसंयोजकमा अरुण कटवाल,केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र सहसंयोजकमा आशिक थापालाई जिम्मेवारी तोकिएको छ ।

यता महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ र सहसंयोजकमा शेखर रेग्मीलाई जिम्मेवारी तोकिएको छ भने पिण्डेश्वर विद्यापिठ धरानको संयोजकमा नरेन्द्र ढुंगेल र सहसंयोजकमा पवन अधिकारी तोकिएका छन् ।

त्यसैगरी सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहित साह र सहसंयोजकमा सज्जाद आलव तोकिएका छन् । सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई र सहसंयोजकमा सुरज भट्टराई, जनता बहुमुखी क्याम्पस इटहरीको संयोजकमा उज्वल सिग्देल र सहसंयोजकमा अर्जुन पौडेल तोकिएको छन् ।

जिम्मेवारी तोकिएको क्याम्पस कमिटिहरुमा जिल्ला कमिटिसँग समन्वय गरेर पुर्णता दिइने जिल्ला कमिटिका सहसंयोजक बुद्रोस लिम्बुले बताएकाछन् ।

akhil-4 akhil-2 akhil-3 akhil-1

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic