नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश

  • असोज २०, २०७७
  • १,९८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने बताउनु भएको छ ।

आचार्यले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा सुनसरीको दक्षिण क्षेत्रको विकासमा पछि परेको आचार्यले दावी गर्नुभयो ।

ncp =1

पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो टिकेको दावी गर्दै कम्युनिष्टहरु आएपछि कांग्रेस कम्जोर हुदै गएको उल्लेख गर्नुभयो ।

२८ बर्ष शासन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न नसकेको जिकिर गर्दै देश र जनताको निम्ति नेकपाले आमूल परिवर्तनको निम्ति काम गरेको ठोकुवा गर्नुभयो । अवको मुलुकमो परिवर्तन पनि नेकपाले मात्रै गर्ने जिकिर गर्नुभयो ।
यतिवेला पार्टी परित्याग र प्रवेशको लहर हेर्दा र सुन्दा साच्चि नै कुनै निर्वाचन नजिक आईरहेको अनुभूति हुन थालेको छ ।

सोमवार सुनसरीको हरिनगरा गाउँपालिकाबाट नेपाली कांग्रेस र संघिय समाजवादी परित्याग गरि २ सय ५३ जना व्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पार्टीले हरिनगर – ५ बसन्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत संघिय समाजवादीका सत्यनारायण मेहता र नेपाली कांग्रेसका इसाक अन्सारीको नेतृत्वमा नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

नव प्रवेशीहरुलाई नेकपाका प्रदेश नम्बर १ का इन्चार्ज तथा पूर्व पर्यटन मन्त्री भिम आचार्यले पार्टीमा स्वागत गरेका थिए ।

त्यसैगरी इनरुवाका व्यवसायी काशी मियाँको नेतृत्वमा नेपाली कांग्रेस परित्यागरी नेकपमा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु)ले जानकारी दिनुभयो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic