नेपाली कांग्रेस र संघिय समाजवादीका नेता, कार्यकर्ता नेकपामा प्रवेश

  • असोज २०, २०७७
  • १,९७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोज ःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकारको तालमेलबाट समृद्धि र विकास हुने बताउनु भएको छ ।

आचार्यले दक्षिणवर्ती क्षेत्रमा कांग्रेसले अन्य दुई तहका सरकारसँग तालमेल नगर्दा सुनसरीको दक्षिण क्षेत्रको विकासमा पछि परेको आचार्यले दावी गर्नुभयो ।

ncp =1

पञ्चायत कालमा पनि काम्दै काम्दै टिकेकै हो टिकेको दावी गर्दै कम्युनिष्टहरु आएपछि कांग्रेस कम्जोर हुदै गएको उल्लेख गर्नुभयो ।

२८ बर्ष शासन गर्दा कांग्रेसले कुनै उल्लेख्य काम गर्न नसकेको जिकिर गर्दै देश र जनताको निम्ति नेकपाले आमूल परिवर्तनको निम्ति काम गरेको ठोकुवा गर्नुभयो । अवको मुलुकमो परिवर्तन पनि नेकपाले मात्रै गर्ने जिकिर गर्नुभयो ।
यतिवेला पार्टी परित्याग र प्रवेशको लहर हेर्दा र सुन्दा साच्चि नै कुनै निर्वाचन नजिक आईरहेको अनुभूति हुन थालेको छ ।

सोमवार सुनसरीको हरिनगरा गाउँपालिकाबाट नेपाली कांग्रेस र संघिय समाजवादी परित्याग गरि २ सय ५३ जना व्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पार्टीले हरिनगर – ५ बसन्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत संघिय समाजवादीका सत्यनारायण मेहता र नेपाली कांग्रेसका इसाक अन्सारीको नेतृत्वमा नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

नव प्रवेशीहरुलाई नेकपाका प्रदेश नम्बर १ का इन्चार्ज तथा पूर्व पर्यटन मन्त्री भिम आचार्यले पार्टीमा स्वागत गरेका थिए ।

त्यसैगरी इनरुवाका व्यवसायी काशी मियाँको नेतृत्वमा नेपाली कांग्रेस परित्यागरी नेकपमा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु)ले जानकारी दिनुभयो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic