धरानका दुई वडाध्यक्ष सहित मंगलवार ७९ जना कोरोना सङ्क्रमित

  • असोज २१, २०७७
  • २,०४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असोज ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै जान थालेको छ ।

धरानमा मङ्गलवार साँझ दुइ जना वडाध्यक्ष सहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन।

सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा र धरान(१७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका स्वाब लिइएका मध्येबाट मङ्गलवार साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाको कर्मचारी, धरान उपमहानगरपालिकाको शिक्षा शाखाका एक सहित २ जना कर्मचारी र धरानका एक जना सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी अन्य सङ्क्रमित हुनेहरूमा धरान ९ मा ४ जना, धरान १८ मा ७ जना, धरान ११ मा ३ जना, धरान १६ मा ७ जना, धरान १७ मा २ जना, धरान १९ मा ४ जना, धरान १३ मा ५ जना, धरान ७ मा ८ जना, धरान १५ मा ६ जना, धरान २ मा ५ जना, धरान १ मा ३ जना, धरान १२ मा ७ जना, धरान ८ मा ६ जना, धरान १४ मा ४ जना, धरान ३ मा ६ जना, धरानको वडा उल्लेख नभएका २ जना गरी जम्मा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेहताले जानकारी दिएकाछन् ।

मंगलवारसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ६६ पुगेको र सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या १० पुगेको मेहताले जानकारी दिएकाछन् ।

अन्य ठाउको तुलनामा धरानमा कोरोना संक्रमितको संख्या वढदो मात्रामा रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic