डाक्टर गोविन्द केसी र सरकारवीच आठ वुदे सहमति

  • असोज २५, २०७७
  • ९८१ पटक पढिएको
  • छाल खबर
alt

धरान,२५ असोज ः सहकारसंग आठ वुदे सहमतिपछि डा.गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् ।

आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा.केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएपछि केसीले अनशन तोडेका हुन ।

डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो । 

kc=1 kc= 2 copy

सरकारसँग सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् ।

डा.केसी र सरकारबिच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने  तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने, स्नातकोत्तर तहको सिट विभाजनमा चिकित्सा शिक्षा आयोगको परामर्शमा पुनरावलोकन गर्ने सहमति पनि भएको छ ।

सबै सहमति कार्यान्वयन गर्ने सहमति पनि सरकार र डा.केसीबीच भएको छ।

स्वास्थ्य क्षेत्रमा परिवर्तनको माग गर्दै केसी अनसन वस्दै आएकाछन् । सरकार अनसन तोडाउन सहमति गर्ने अनि कार्यान्वयन नगर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । यस पटकको सहमति भने कार्यान्वयन हुनेमा आसावादी हुनसकिन्छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic